दशैंका लागि खुल्यो अग्रिम बुकिङ, कसरी र कहिले लिने टिकट ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ । दशैँ मनाउनका लागि उपत्यकाबाट बाहिर जाने यात्रुका लागि यही असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । गत वर्ष महामारीका कारण दशैंमा कडाइ गरेको सरकारले यो वर्ष भने दशैं मनाउन दिने संकेत देखाएको छ । यो वर्ष संक्रमितको संख्या पनि घट्दै गएको छ ।

यातायात व्यवस्था विभाग, ट्राफिक, यातायात व्यवसायीबिच बिहीवार भएको छलफलले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । समयमा टिकट नपाउने पाए पनि ठगिने, महँगो भाडा तिर्नुपर्ने समस्या नदोहोरियोस् भनेर यस वर्ष समयमै टिकट बुकिङ खुलाउन लागेको सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघले जनाएको छ ।

‘विगतका वर्षहरु यातातयात व्यवसायी र सरकारबीच तालमेल नमिल्दा बुकिङ अन्तिममा खुल्थ्यो र यात्रुहरुमा अन्योलता देखिन्थ्यो’, महासंघका महासचिव भरत नेपाल भन्छन् ।

१० गतेपछि यात्रुहरुले भौतिक रुपमा उपस्थित भएर अथवा अनलाइनबाट पनि बुकिङ गर्न सक्नेछन् । लामो दुरीका लागि २८ प्रतिशत भाडा ओली सरकारकै पालमा बढिसकेको छ ।

पुरानो बसपार्कलाई हटाएसँगै अरनिको राजमार्ग हुँदै १० वटाभन्दा बढी जिल्लामा जाने गाडीहरु कोटेश्वरमा अस्तव्यस्त बन्ने गरेको उनले बताए । त्यसलाई व्यवस्थापन गर्न सम्भव भए खुलामञ्चबाटै नत्र तिनकुनेदेखि बालकुमारीको करिडोरलाई प्रयोग गर्नुपर्ने उनीहरुको माग छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

प्रतिक्रिया दिनुहोस !