रामकुमारी झाक्री: आगामी निर्वाचनसम्म ओलीको कम्पनी (एमाले) पत्तासाफ हुन्छ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आगामी निर्वाचनसम्म नेकपा एमालेमा ठूलो पहिरो जाने दाबी गरेकी छन्। एकीकृत समाजवादी सिन्धुलीको जिल्ला कमिटी शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेकी हुन्। उनले एमालेलाई खड्गप्रसाद ओलीको कम्पनीको संज्ञासमेत दिएकी छन्।

‘खड्गप्रसाद ओलीको कम्पनी भत्किने क्रम सुरु भइसकेको छ। स्थानीय र केन्द्रसम्मको चुनावसम्म पार्टीमा पहिरो जान्छ,’ उनले भनिन्, ‘हामीलाई जनप्रतिनिधि नभएकाले दुई महिना पर्खिन भनेका छन् जनप्रतिनिधि भएकाले १५ महिना भनेका छन्। त्यसपछि अन्तिम बाटो त समाजवादी पार्टी नै हो।’

उनले नयाँ पार्टी दर्ता गर्दा साथ नदिएका नेताहरुलाई भगौडाको संज्ञा दिँदै उनीहरुको हविगत एमालेले गर्ने भनिएको १०औं महाधिवेशनमा देखिने बताइन्। विद्रोह प्रारम्भमा सानैबाट सुरु हुने भन्दै उनले यसले विस्तारै ठूलो आकार ग्रहण गर्दै जाने बताइन्।

विचार समूहका हिसाबले आफूहरुसँग रहेकाहरुले नै अन्तिममा डस्ने काम गरेको उनको आरोप थियो। ‘ओलीको कम्पनी’मा बस्ने अवस्था नभएपछि सहज निकास खोजेर निस्केको भन्दै उनले केन्द्र मात्रै नभएर वडा तहसम्म नै विद्रोह गरिएको बताइन्।

यो पनि  – प्रधानमन्त्री शेरबहादुर देउवाले अझै एक साता मन्त्रिमन्डललाई पूर्णता नदिने भएका छन्। प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम दिन गठबन्धनका नेताहरूलाई आग्रह गरिरहेका छन्। तर गठबन्धनका दलहरूले तत्कालै मन्त्रीहरूको नाम दिने सम्भावना देखा परेको छैन।

गठबन्धनमा रहेको मुख्य एक दल नवगठित नेकपा (एकीकृत समाजवादी) ले असोज ५ गते केन्द्रीय कमिटी बैठक बोलाएकोले त्यो बैठकपछि मात्रै उक्त पार्टी सरकारमा जाने संकेत गरेको छ। साथै प्रतिनिधि सभाको बैठक पनि असोज ४ गतेका लागि बोलाइएको छ। सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याए पनि पारित भएको छैन।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए। आज नयाँ बानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताए।

‘हामीले पार्टी गठन गरिसकेका छौं, सरकारमा जान कुनै समस्या छैन,’ उनले भने, ‘आज भने आज भोलि भने भोलि सरकारमा जान तयार छौं।’उनले सरकारमा सामेल हुने पनि बताए। केन्द्र र प्रदेश सरकारमा महत्वपूर्ण भूमिका रहने अध्यक्ष नेपालको भनाइ थियो। तलैसम्म सहकार्य गरेर जाने पनि उनको भनाइ थियो।

प्रदेश नम्बर १ र ३ मा उक्त पार्टीले मुख्यमन्त्री दाबी गरिरहेको छ। कुनै पनि दिन ती प्रदेशमा मुख्यमन्त्री फेरिएको खबर आउने पनि अध्यक्ष नेपालले बताए। ‘सरकारले केही दिनभित्र पूर्णता पाउँछ। असोज ५ मा केन्द्रीय कमिटी बैठकसँगै सम्भवत हामी सरकारमा सहभागी हुनेछौं,’ उनले भने।

प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट १ राज्यमन्त्री मात्रै बनाएका छन्। प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्।देउवा प्रधानमन्त्री भएको दुई महिना भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार