मलेसियाबाट एकैदिन ६ श्रमिकको श-व र १५ जनाको अस्तु ल्याइयो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

असोज, काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको श-व नेपाल ल्याइएको छ । सँगै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृ-त्यु भएकाहरुको श-व र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृ-तकको श-व नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृ-तकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् । परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा श-व नेपाल ल्याएको उनले बताए । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।

कानूनी र प्रक्रियागत झ-न्झ-टले गर्दा विदेशमा मु-त्यु भएका व्यक्तिको श-व ल्याउन अझै सहज भएको छैन । विदेशमा मृ-त्यु भएकाहरुको श-व ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृ-तकका आफन्तको घरसम्म श-वबाहनमा श-व पुर्याउने गर्दै आएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

प्रतिक्रिया दिनुहोस !