CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौ । घटना भएको धेरै दिन पछि संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको शव फेला परेको घटनामा मुख्य ब्यक्ति नै लोकबहादुर नभएर उनका काका भएको खुलेको छ ।
प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । लोकबहादुरको बयानका आधारमा प्रहरीले अरुलाई पनि पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् रहेको प्रहरीले जनाएको छ ।
भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो भने त्यसको केही दिन पछि उनका भाईलाई पनि पक्राउ गरेको थियो । लोकबहादुरका भाई नरेशवाट रञ्जुले प्रयो गर्ने मोवाइल समेत फेला परेपछि उनी पक्राउ परेका थिए । सोही मोवाइलका कारण अरुको पनि घटनामा संलग्नता देखिएको छ ।
पप्राउ परेका सबैले घटना स्वीकार गरेका छन् । लोकबहादुरका काका खड्ग बहादुर घटनाको मुख्य योजनाकार रहेको दावी प्रहरीले गरेको छ । योजना भने लोकबहादुरको घरमै भएको थियो ।
घटना प्रहरीले अनुमान गरेजस्तै विहान तिर भएको उनीहरुको वयानवाट पनि खुलेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको शव फेला परेको थियो ।
लोकबहादुरको घरमा बसेर काका सहित सबै जनाले घटनाको योजना बनाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । तेजबहादुर खेताला बोलाउन आएको बेलामा घटना गराउने योजना उनीहरुको पहिल्यै देखि थियो अनुसन्धानमा संलग्न प्रहरीले भने ।
पक्राउ परेकाहरुले आफूहरुमाथि निरन्तर अपमान गरेकाले यस्तो निर्णयमा पुगेको बताएका छन् । कसैलाई पा गल त कसैलाई ज ड्या हा भनेका कारण रिस उठेको बताएका छन् ।
तेजबहादुरको परिवार उनीहरु भन्दा आर्थिक रुपमा सम्पन्न भएका कारण पनि उनीहरुलाई रिस उठेको थियो । सुरुमा तेजबहादुर र उनकी श्रीमतीलाई मात्र मा र्ने योजना भएको भएपनि पछि अरुले पनि घटना देखेका कारण परिवारका सबै परेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।
तेजबहादुरको परिवारमा रहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको थियो । तर उनीहरुले बौदमान कार्कीलाई भने केही गरेनन् । आफुहरुलाई बौदमानले निकै माया गर्ने गरेका कारण उनलाई केही नगरेको उनीहरुले प्रहरी समक्ष बयानमा भनेका छन् । उनले कान पनि नसुन्ने र आँखा पनि नदेख्ने भएका कारण कुनै जोखिम नभएकाले उनलाई छोडेको बताएका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।