नेकपा(एस) एमालेभन्दा ठूलो पार्टी बनाउन सकिएन भने राजनीतिबाट सन्यास लिन्छुँ: विरोध खतिवडा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता विरोध खतिवडाले अब आउने चुनावमा केपी शर्मा ओलीको भन्दा आफ्नो पार्टी ठूलो हुने दावी गरेका छन्।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन कार्यक्रममा खतिवडाले भने, ‘हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईँले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला।’

खतिवडाले ओलीले झापामा चुनाव हार्ने डरले राप्रपासँग गठबन्धन गरेको आरोप लगाए। उनले भने, ‘जो मान्छेले झापाको एउटा सिट छोडेर राप्रपाको १५ हजार मत थपेर चुनाव जितेर आयो, त्यो मान्छेले आज यत्रो फुर्ती ? न माधव नेपालले राप्रपासँग एकता गरे, न विरोध खतिवडाले गर्यो ? न रामकुमारी झाँक्रीले गर्नुभयो ? २०६४ सालमा केपी ओली, झापाको दमकमा पाखामा भ्यागुतो पछारिएर उत्तानो टाङ लागेको मान्छे, सबैभन्दा लोकप्रिय र राष्ट्रवादी नेता उत्तानो टाङ, तर मैले त २०४८ सालदेखि लगातार चुनाव जितिरहेको छु।अबको चुनावमा पनि मलाई फलामको चिउरा हुँदैन।’

केपी ओलीको भाषणमा माधव नेपाल र प्रचण्डलाई ९० प्रतिशत गाली र १० प्रतिशत त टुक्कामात्रै हान्ने काम गरेको उनले बताए। ‘केपी ओलीभन्दा माधव नेपाल सिनियर नेता हो, नेपाली राजनीतिमा माधव नेपालको हैसियत सम्मानजनक रहन्छ। उहाँले वामपन्थी आन्दोलनको नेतृत्व गर्नुहुन्छ, उनले भने। केपी ओली नेतृत्वमा पुगेपछि वामपन्थी आन्दोलन तहसनहस भएको उनले आरोप लगाए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 397
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    397
    Shares

प्रतिक्रिया दिनुहोस !