ओलीलाई नेपालको जवाफ – पिलो निचोरिएर आनन्द भयो भन्नेले किन दिनदिनै संसदमा कराएको ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफुहरूले विद्रोह गरेकोलाई पिलो निचोरिएर जस्तो आनन्द भएको भन्ने ओलीको भनाइको जवाफ फर्काएका छन् ।

सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै उनले एमालेले गरिरहेको सदन अवरुद्धप्रति टिप्पणी गरेका हुन् । नेपालले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो ।

यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’

नेपालले प्रदेश १ र वागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । उनले प्रदेश २, कर्णाली र सुदूरपश्चिममा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद दिए ।

आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गर्दै नेपालले भने, ‘एक र वागमती प्रदेशमा मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

प्रतिक्रिया दिनुहोस !