ओली म’लामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन् : प्रचण्ड

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली म’लामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिड्ने भएको टि’प्पणी गर्नुभएको छ ।

सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । ‘ओली त्यस्ता मान्छे हुन् म’लामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन्। मान्छे दंग पर्छन् ।

बालुवाटारबाट बालकोट जाने भनेको हारेको, सन्नाटा भएर के गर्ने भनेर सोच्दै जानुपर्नेमा पञ्चे बाजा बजाएर, जितेजसरी गए। कति करोड खर्चेर मानिस बोलाएको थाहा पाएँ मैले, यस्तो नाटक गर्ने तिनी।’

अध्यक्ष प्रचण्डले ओलीको नि रं कु श ता थाहा पाएपनि केही साथीहरुले आफूलाई आ’ त्म समर्पण गरेको बताउनुभयो । उहाँले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सि’द्धान्त नरहेको बताउनुभयो ।

ओलीले आफूले मनपरी गरेर आरुलाई दो ष दिने गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्रको झ’ग डाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ?’ मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’

उहाँले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । उहाँले माओवादीमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाको भन्दै चिन्ता व्यक्त गनुभयो । news24

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 107
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    107
    Shares

प्रतिक्रिया दिनुहोस !