बसुन्धरा हुमागाईको घोषणा ‘अब काभ्रेमा एमाले पत्तासाफ हुन्छ’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईले एमालेले काभ्रेको कुनै पनि नगरपालिका नजित्ने दाबी गर्नु भएको छ ।

भकुण्डेमा नमोबुद्ध नगरपालिका स्तरीय नेकपा (एकीकृत समाजवादी) को अगुवा कार्यकर्ता तथा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । सांसद हुमागाईले एमालेले जित्ने आधार गुमाएको बताउनुभयो । ‘उहाँहरूले जित्ने दाबी गरेको धुलिखेल, बनेपा , पनौती हो ।

त्यहाँको एमालेभित्रका इमानदार कार्यकर्ताहरूले अबको केहि दिनभित्र ठूलो संख्यामा बिद्रोह गर्नु हुनेछ । एमालेबाट जितेका स्थानीय तहका जनप्रतिनिधिको बेहोराले त्यहाँ ठूलो बिद्रोह हुनेछ, सांसद हुमागाईले भन्नुभयो ।’ सांसद हुमागाईले हिजो मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १ को बिस्तारित बैठकलाई सम्बोधन गर्दै काभ्रेमा एमाले चौथो दल हुने ठोकुवा गर्नुभएको थियो ।

‘अहिले हाम्रो संख्या एमालेका साथीहरूले निकै थोरै देख्नु भएको छ । संख्या बढ्दै जाने छ । त्यहाँ एमालेबाट निर्वाचित जनप्रतिनिधिको विभेदकारी सोच र योजनाले एमाले हार्नेछ, सांसद हुमागाईले भन्नुभयो ।’ काभ्रेमा ६ वटा नगरपालिका रहेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ६ मध्ये ५ वटामा एमालेले जितेको थियो ।

जसमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा र नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुहुन्छ । नगरप्रमुख वाईबा नेकपा ९एकीकृत समाजवादी० काभ्रेका अध्यक्ष पनि हुनुहुन्छ ।

यो पनि – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।

यो पनि : विराटनगर– नेपालमा पछिल्लो समय अत्याधुनिक सुविधा सहितका बसहरु सञ्चालनमा आउन थालेका छन् । नेपालका मुख्य ७ वटा सहरबाट बसभित्रै शौचालयको व्यवस्थापन भएको बुलेट एसी बस सञ्चालनमा ल्याएको छ ।

बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँ देखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बु‘लेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपिँया कायम गरिएको ब्यवस्थापन कार्यालय विराटनगर बसपार्कका इन्चार्ज राजु धमलाले जानकारी दिनुभयो ।

यसमा सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य कि‘ट उपलब्ध गराउने छ । व्यवस्थापक धमलाका अनुसार को‘रोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ ।किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन ।

किटमा पानी, ग्लोब्स, मास्क र केहि रु‘घाखोकी लाग्दा से‘वन गर्ने औ‘षधीहरु समावेश गरिने छ ।सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस संचालनमा ल्याएका हुन् । ५ करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दा‘बी गरिएको छ ।

यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउटरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बु‘लेट बस सञ्चालक समुहले २७ सिटर बस २÷१ सोफा ल‘क्जरि सिट सहितको बसहरु संचालनको तयारी समेत गरेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

प्रतिक्रिया दिनुहोस !