रामकुमारी झाँक्री नेकापा (एस)को महासचिव बन्दै !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले विहीबार महासचिवको टुंगो लगाउने भएको छ। दोस्रो दिनको केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव परेपछि महासचिवको टुंगो लगाउने निर्णय भएको हो।

माधवकुमार नेपाल अध्यक्ष, बरिष्ठ नेता झलनाथ खनाल भएपछि तेस्रो बरियताका लागि महासचिव तयार हुनेछन्। हासचिवका लागि पुराना र नयाँ दुवै पुस्ताको धेरै जनाको नाम आएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

महासचिवका लागि बेदुराम भुसाल र विरोध खतिवडा पुरानो पुस्ताबाट प्रस्तावित छन् भने युवा पुस्ताबाट रामकुमारी झाँक्रीको पनि चर्चा हुदै आएको छ । आफै पार्टी अध्यक्ष रहेका माधब नेपाललाई पनि महासचिव युवा पुस्तालाई बनाउँन दबाद र चुनौति गरेको छ । यसैगरी स्थायी कमिटी सदस्य संख्या पनि थप गरेर तीन महिनाभित्र गरिने राष्ट्रिय सम्मेलनको मिति पनि तोकिने खतिवडाले बताए।

यो पनि – काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काभ्रेका उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईले एमालेले काभ्रेको कुनै पनि नगरपालिका नजित्ने दाबी गर्नु भएको छ ।

भकुण्डेमा नमोबुद्ध नगरपालिका स्तरीय नेकपा (एकीकृत समाजवादी) को अगुवा कार्यकर्ता तथा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । सांसद हुमागाईले एमालेले जित्ने आधार गुमाएको बताउनुभयो । ‘उहाँहरूले जित्ने दाबी गरेको धुलिखेल, बनेपा , पनौती हो ।

त्यहाँको एमालेभित्रका इमानदार कार्यकर्ताहरूले अबको केहि दिनभित्र ठूलो संख्यामा बिद्रोह गर्नु हुनेछ । एमालेबाट जितेका स्थानीय तहका जनप्रतिनिधिको बेहोराले त्यहाँ ठूलो बिद्रोह हुनेछ, सांसद हुमागाईले भन्नुभयो ।’ सांसद हुमागाईले हिजो मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १ को बिस्तारित बैठकलाई सम्बोधन गर्दै काभ्रेमा एमाले चौथो दल हुने ठोकुवा गर्नुभएको थियो ।

‘अहिले हाम्रो संख्या एमालेका साथीहरूले निकै थोरै देख्नु भएको छ । संख्या बढ्दै जाने छ । त्यहाँ एमालेबाट निर्वाचित जनप्रतिनिधिको विभेदकारी सोच र योजनाले एमाले हार्नेछ, सांसद हुमागाईले भन्नुभयो ।’ काभ्रेमा ६ वटा नगरपालिका रहेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा ६ मध्ये ५ वटामा एमालेले जितेको थियो ।

जसमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा र नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुहुन्छ । नगरप्रमुख वाईबा नेकपा ९एकीकृत समाजवादी० काभ्रेका अध्यक्ष पनि हुनुहुन्छ ।

यो पनि – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।

यो पनि : विराटनगर– नेपालमा पछिल्लो समय अत्याधुनिक सुविधा सहितका बसहरु सञ्चालनमा आउन थालेका छन् । नेपालका मुख्य ७ वटा सहरबाट बसभित्रै शौचालयको व्यवस्थापन भएको बुलेट एसी बस सञ्चालनमा ल्याएको छ ।

बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँ देखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बु‘लेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपिँया कायम गरिएको ब्यवस्थापन कार्यालय विराटनगर बसपार्कका इन्चार्ज राजु धमलाले जानकारी दिनुभयो ।

यसमा सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य कि‘ट उपलब्ध गराउने छ । व्यवस्थापक धमलाका अनुसार को‘रोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ ।किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन ।

किटमा पानी, ग्लोब्स, मास्क र केहि रु‘घाखोकी लाग्दा से‘वन गर्ने औ‘षधीहरु समावेश गरिने छ ।सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस संचालनमा ल्याएका हुन् । ५ करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दा‘बी गरिएको छ ।

यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउटरबाट टिकट लिन पाउने ब्यवस्था गरिएको छ । बु‘लेट बस सञ्चालक समुहले २७ सिटर बस २÷१ सोफा ल‘क्जरि सिट सहितको बसहरु संचालनको तयारी समेत गरेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

प्रतिक्रिया दिनुहोस !