म सँग छोराछोरीसँग कुराकानी भएको त्यही भिडियो मात्रै बाँकी रह्यो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं : मादी नगरपालिका-१ उम्लिङका रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । दस वर्षयता मलेसिया-नेपाल आउजाउ गरिरहेका उनले श्रीमती रञ्जनासँग भदौ २० गते राति ९ बजेसम्म टेलिफोनमा कुराकानी गरेका थिए ।

रमेशका अनुसार रञ्जनासँग दिनहुँ टेलिफोन संवाद हुन्थ्यो । रञ्जनासँग कुराकानी भएको दुई दिनअघि मात्र ८ वर्षीय छोरा दिपेन र ४ वर्षीया छोरी गोमासँग उनले भिडियो  कलमा कुरा गरेका थिए।

‘उनले नराम्रो केही सुनाएकी थिइनन्, सबै राम्रै छ भन्थिन्,’ रमेशले भने, ‘छोरा छोरीसँग दुई दिन अघि भिडियोमा कुरा गरेको थिएँ, त्यसको भिडियो रेकर्ड राखेको थिएँ ।पछिल्लो पटक १७ महिनाअघि घर आउँदा छोरी गोमा भर्खर टुकु टुकु हिँड्न थालेकी थिइन् । शरीर स’म्हालेर राम्ररी हिँड्ने नभइसकेकी गोमासँगको त्यो प्रत्यक्ष भेट अन्तिम भयो ।

त्यसबेला उनी घर आउँदा छोरा दिपेन दुई कक्षामा पढ्दै थिए । ‘मसँग अब छोराछोरीसँग कुराकानी भएको त्यही भिडिओ मात्रै बाँकी रह्यो,’ रमेशले मलीन स्वरमा सोमबा भने,म अहिले यो घ-ट-ना-बारे कुनै पनि कुरा गर्न सकिरहेको छैन, भो धेरै नसोध्नुस् ।’

हुन पनि छ(छ जना परिवार, त्यसमाथि कलिला लालाबाला सहित श्रीमती र आमाबुवा गु-मा-ए-का रमेशसँग बोल्ने शब्द बाँकी नै के छ र ! कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क नम्बर थिएन । उनका कान्छा काका तिलक मार्फत हामीले रमेशसँग कुराकानी गर्न खोजेका थियौं ।

तिलकले आफ्नो फोन रमेशलाई दिएपछि छोटो कुराकानी सम्भव भयो । कुराकानीका लागि अनुरोध गर्दा रमेशले सुरूमै भनेका थिए यो घ-ट-ना-बारे तपाईं धेरै नसोध्नुस्,म आफूलाई सम्हाल्न सक्दिनँ ।

अघिल्लो दिन राति ९ बजेसम्म संवाद उनी सम्झिरहन्छन्- नराम्रो केही थिएन । यति भनेकी रञ्जना सहित बुवाआमा, हजुरआमा, कलिला छोराछोरीको ह-त्या भएको सु’न्दा उनले आफूलाई कसरी स’म्हा-ले, त्यो उनैलाई मात्रै थाहा छ। विस्तृतमा सेतोपाटिमा खबर छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

प्रतिक्रिया दिनुहोस !