नेकपा(एस)को महासचिवमा बेदुराम भुसाल,सचिवमा रामकुमारी झाक्री,अरु कस्ले के पाए जिम्मेवारी ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको छ।

बिहीबार बिहान बसेको सचिवालय बैठकले बेदुराम भुसाललाई महसचिव बनाउने निर्णय गरेको छ । त्यस्तै चार जना उपाध्यक्षहरु रहने भएका छन् । जसमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई परेका छन् ।

त्यस्तै उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। यस्तै सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीले जिम्मा पाएका छन् । सचिवालयले नाम टुँगो लगाएसँगै केन्द्रीय समिति बैठकले पारित गर्नेछ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३०१ सदस्यीय, केन्द्रीय कमिटीको एक चौथाइ पोलिटब्यूरो- नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्यको संख्या ३०१ पुर्‍याउने भएको छ। तर, केन्द्रीय कमिटीमा को को रहने भन्ने टुंगो अझै लागिसकेको छ। भोलिसम्म केन्द्रीय कमिटीले पूर्णता पाउने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

यसअघि दल दर्ता प्रयोजनका लागि निर्वाचनमा आयोगमा ११६ जनाको नाम बुझाइएको थियो। त्यसमा एमालेमा रहेका ५९ जना केन्द्रीय सदस्यले सनाखत गरेका थिए। यस्तै, पोलिटब्यूरो केन्द्रीय कमिटीको एक चौथाइ हुने भएको छ।

केन्द्रीय कमिटीमा को को रहने भन्ने टुंगो नलागेकाले पोलिटब्यूरो पनि आजै टुंगो नलाग्ने खतिवडाले बताए। मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। एकीकृत समाजवादीले पार्टीको महासचिवमा वेदुराम भुसाललाई चयन गर्ने निर्णय गरिसकेको छ।

नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत एकीकरण गर्ने तयारी- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत)​ बीच पार्टी एकीकरण गर्ने छलफल अघि बढेको छ। पार्टी एकताका लागि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष राईलाईइ प्रस्ताव राखिसकेको स्रोतले दाबी गरेको छ।

एमालेभित्र अध्यक्ष्य केपी शर्मा ओलीसँग विवाद उत्कर्षमा पुगेका बेला माधव नेपालनिकट मानिने विद्यार्थी नेता राईले निर्वाचन आयोगमा दर्ता गराएको पार्टी हो– नेकपा एकीकृत। त्यो दल त्यतिबेला नेपाल समूहकै नेताहरूकाे सल्लाहमा दर्ता गरिएको भनिएको थियो।

आफ्नो साथ छाडेर एमालेमै बसेका १० नेताकै सल्लाहमा नेकपा एकीकृतलगायतका पार्टी दर्ता गरिएको भनेर नेता नेपालले भन्ने पनि गरेका छन्। नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत जीवन राईलाई पार्टीमा समाहित गर्ने विषयमा छलफल चलेको स्रोतको दाबी छ। नेता राईले सामाजिक सञ्जालमार्फत बेलाबेला ढिलोचाँडो कम्युनिस्ट पार्टी एक हुनुको विकल्प नरहेको बताउने गरेका छन्। संखुवासभा घर भएका राई अनेरास्ववियुबाट उदाएका नेता हुन्। अनेरास्ववियुको उपाध्यक्ष पदमा निर्वाचित हुन नसकेपछि नेता राई पार्टी राजनीतिमा लागेका हुन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares

प्रतिक्रिया दिनुहोस !