नेकपा एकीकृतसँग एकीकरण गर्ने तयारीमा माधव कुमार नेपाल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केही समय अघि जीवन राईको अध्यक्षतामा गठन भएको नेकपा एकीकृतसँग एकीकरण गर्न छलफल शुरू गरेका छन् ।

गत वैशाखमा नेपाल पक्षकै नेता राईले निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका थिए । जसको चुनाव चिन्ह कलम रहेको छ । पार्टी एकताका लागि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष राईलाई प्रस्ताव राखिसकेको स्रोतले दाबी गरेको छ।

एमालेभित्र अध्यक्ष्य केपी शर्मा ओलीसँग विवाद उत्कर्षमा पुगेका बेला माधव नेपालनिकट मानिने विद्यार्थी नेता राईले निर्वाचन आयोगमा दर्ता गराएको पार्टी हो– नेकपा एकीकृत।

त्यो दल त्यतिबेला नेपाल समूहकै नेताहरूको सल्लाहमा दर्ता गरिएको भनिएको थियो। आफ्नो साथ छाडेर एमालेमै बसेका १० नेताकै सल्लाहमा नेकपा एकीकृतलगायतका पार्टी दर्ता गरिएको भनेर नेता नेपालले भन्ने पनि गरेका छन्।नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत जीवन राईलाई पार्टीमा समाहित गर्ने विषयमा छलफल चलेको स्रोतको दाबी छ।

नेता राईले सामाजिक सञ्जालमार्फत बेलाबेला ढिलोचाँडो कम्युनिस्ट पार्टी एक हुनुको विकल्प नरहेको बताउने गरेका छन्। संखुवासभा घर भएका राई अनेरास्ववियुबाट उदाएका नेता हुन्।अनेरास्ववियुको उपाध्यक्ष पदमा निर्वाचित हुन नसकेपछि नेता राई पार्टी राजनीतिमा लागेका हुन्।

नेकपा एससँग अहिले चुनाव चिन्ह छैन । यसअघि दल दर्ता गर्दा चुनाव चिन्ह पुस्तक राख्ने भनिएपनि त्यो चिन्ह पहिल्यै दर्ता भएको पाइएकोले हालसम्म चिन्ह खाली राखिएको छ ।

चुनाव चिन्ह कलम हुनुपर्ने विषयमा छलफल चलीरहेको अवस्थामा राईसँग वार्ता शुरू भएको हो । राईलाई पार्टीमा केन्द्रीय सदस्य वा अन्य कुनै सम्मानजनक हैसियत दिएर पार्टी एकता गर्ने सोँच भइरहेको नेताहरुले बताएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 116
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    116
    Shares

प्रतिक्रिया दिनुहोस !