‘पख भाइ पख भन्दाभन्दै बच्चा ढलमा खस्यो, एक सेकेन्डमै कता हरायो कता’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

अजय कुइँकेल बुढानिलकण्ठ नगरपालिका-१२, कपनको मिलन चोकमा बस्छन्। उनी त्यहीँ हुर्किएका हुन्। दिउँसो एउटा सहकारीमा जागिर खान्छन् र साँझपख बुवाको ‘कुमार बेकरी एन्ड डेरी पसल’ मा बस्छन्। मंगलबार राति उनी सधैंझैं पसलमा बुवालाई सघाउँदै थिए। बाहिर झमझम पानी पर्दै थियो।

अजयको घरअगाडि एउटा बाटो छ जहाँ कुनै समय खहरे खोला बग्थ्यो। यही खोला काठमाडौं-६ र बुढानिलकण्ठ-१२ को सिमाना पनि हो। बढ्दो सहरीकरणले नदीखोला मिच्दै जाने क्रममा कपनको यो खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखियो।

ग्राभेल गरिएको बाटो जुन ठाउँमा पुगेर ढलान सडकसँग जोडिन्छ, त्यहीँनिर बीच बाटोमै धेरै दिनदेखि ढल ह्वां ‘गै छ। झमझम वर्षा हुँदा यो ह्वां ‘ग ढलमा पानी बढेर बाटो ज’ला’म्य हुन्छ। घर-घरमा पानी पस्छ। मंगलबार पनि पानी बढेर घुँ’डासम्म आएको अजय बताउँछन्।

‘पानी घ’ट्ने छाँट नदेखेपछि मैले पसलबाहिर टाँ’गि’एका सामान हतारहतार भित्र थ”न्क्या’एँ, अनि पसलबाट बाहिर हेर्दै बसेँ,’ उनले भने, ‘यस्तो बेला मलाई ह्वां”ग परेको ढलमा कोही खस्छ कि, बाइक दु”र्घ’ट’नामा पो पर्छ कि भन्ने चिन्ता लागिरहन्छ।’

त्यत्तिकैमा अन्दाजी १० वर्षको बालक पानीमा रुझ्दै, उफ्रिँदै, नाच्दै आयो। ऊ आफ्नै सुरमा थियो। बच्चालाई त्यसरी हु”त्तिँ”दै आएको देखेपछि अजयलाई ड”र लाग्यो। उनी पसलबाटै आ”त्तिँदै कराए, ‘भाइ… पख पख… एकछिन पख।’ उनी चि ‘च्या’एको सुनेर वरिपरि पसलका मान्छे हेर्न आए। तर एक सुरमा रमाउँदै दौडिरहेको बालकले अजय कराएको सुनेन वा वास्ता गरेन। ऊ हेर्दाहेर्दै ढलमा खस्यो।

‘त्यो भाइले ठूलो मान्छेले भनेको किन मान्नु भन्ठान्यो कि! बाटोमा पानी जमेको होला, म त्यही पानीमा छ”प्ल्यां’ग गर्दै उफ्रिन्छु पो भन्ठान्यो कि!’ बालकलाई ढलमा खसेको प्रत्यक्ष देखेका अजयले भने, ‘पख भाइ पख भन्दाभन्दै ऊ ढलमा खसिहाल्यो।

सबैतिर पानी जमेकाले कहाँ ढल हो, कहाँ बाटो भन्ने पनि राम्ररी देखिएको थिएन।’ बालक ढलमा हराएपछि वरिपरिका सबै नजिक गए तर ब ‘चा’उन सकेनन्। लगत्तै अजयले राति ८ बजेर २० मिनेट जाँदा प्रहरीको कन्ट्रोल नम्बर १०० मा खबर गरे।

केही बेरमै प्रहरी आइपुग्यो। तर पानीको तीव्र बहावका कारण कसैले केही गर्न सकेनन्। प्रहरीले राति ११ बजेसम्म खो”जत”ला”स गर्दा पनि बालक फेला परेन। त्यति बेलासम्म बालकको पहिचान पनि खुलेको थिएन।

बालक हराएको कुनै उजुरी प्रहरी कार्यालयमा आइसकेको थिएन। केही सिप नलागेपछि प्रहरी र स्थानीय घर फर्किए। अजय पनि घर फर्किए। उनलाई रातभरि त्यो घ”ट”ना झ”ल्झ”ल्ती याद आइरह्यो। बालक देखापरिहाल्छ कि भनेर क”यौंचोटि झ्यालबाट पनि हेरे। तर, त्यहाँ छ्या”लब्या”ल पानीबाहेक बच्चाको नामनिसान थिएन।

आफूले रोक्ने प्रयास गर्दागर्दै बच्चा ढलमा खसेकाले पनि पछुतो लागिरहेको उनी बताउँछन्। ‘आफ्नै गल्ती हो कि जस्तो लागिरहेको छ,’ अजयले भने, ‘खोला मात्रै भइदिएको भए पौ’डिएर बचाउन सकिन्थ्यो होला तर त्यत्रो झरी बेला ढलमा एकचोटि खसेपछि चाहेर पनि केही गर्न सकेनौं।

खस्नेबित्तिकै एक सेकेन्डमै ह्युम पाइपभित्र बच्चा कता हरायो कता!’ उनका अनुसार त्यो ह्वां ‘ग ढलमाथि ढलान गर्ने काम केही महिना अघिसम्म चल्दै थियो। बर्खा सुरू भएपछि काम रोकियो। त्यो ठाउँ खुल्लै रह्यो। दु”र्घ”ट”ना नहोस् भनेर स्थानीयले केही नगरेका पनि होइनन्। उनीहरूले चारैतिरबाट बाँस लगाएर रिबन टाँगेका थिए। तर बाढीले बाँसको बार र रिबन पनि बगायो। युनिक श्रेष्ठ : Setopati

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

प्रतिक्रिया दिनुहोस !