प्रचण्ड भन्छन ‘बिग्रिएको मै हुँ अब सच्चिन्छु, अरु को-को सच्चिने?’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताएका छन् ।

पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूलाई पहिले सच्याएमा रुपान्तरण हुने बताए ।

म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को-को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्, उनले थपे, हिजो जनयुद्धमा हामफालेँ । अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ ।

कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईं र हामी सबैले यो फटाहाले बिगार्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ । आफू जालझेल, ठकठाकमा लागे पनि अरुलाई दोष दिने प्रवृत्ति पार्टीमा रहेको उल्लेख गर्दै दाहालले यसबाट क्रान्तिकारी पार्टी नबन्‍ने पनि बताए । भ्रष्टाचार खुब गरिया छ ।

ठकठाक गरिया छ । ठेक्कापट्टा पाउनका लागि मरिहत्ते हाल्या छ । कमिसन खाना मरिहत्ते हाल्या छ । अनि म चाहिँ बिग्रिया छैन भन्ने लाग्ने फेरि । त्यो चाहिँ बिग्रियो भन्नेतिर लागेपछि यो पार्टी क्रान्तिकारी हुँदैन, दाहालको भनाइ थियो, म चाहिँ बिग्रियोबाट सुरु गर्नुपर्‍यो ।

म बन्नु पर्छ भन्नेबाट सुरु गरियो भने सबै बन्छन् अनि त्यसपछि क्रान्तकारी पार्टी बन्छ । पछिल्लो समय नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा राख्दै आएका दाहालले उक्त कार्यक्रममा पनि चुनाव जितेकाहरु धेरै बिग्रिएको टिप्पणी गरे ।

तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन्, दाहालले भने, मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौडा । त्यही धोकेबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो ?

माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुप्रति चर्को आलोचना गरेका दाहालले भने, त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त !

त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि ! हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।

दाहालले बाँकी जीवन समाजवादी क्रान्तिका लागि लड्ने भनाइ पुनस् दोहोर्‍याए । अब कति वर्ष बाँचिन्छ । ज्यान छोडेर समाजवादी क्रान्तिको निम्ति युवाहरुको नेतृत्व गर्छु म । तपाईं युवाहरुले मलाई साथ दिनपर्‍यो पहिलेजस्तै । म चाहिँ हामफालेँ फालेँ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

प्रतिक्रिया दिनुहोस !