को हुन् यी १८ वर्षीया युवती जो कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भईन ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

विराटनगर– नेपाली कांग्रेसको अधिवेशनमा युवाको आकर्षण बढेर गएको छ। धेरै ठाउँमा २० वर्षभन्दा मुनिका युवाहरू क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन्। यसैबीच, विराटनगर–१२ बाट १८ वर्षीय किशोर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन्। विराटनगर–१२ की रक्षा यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

उनी मेडिकल विषयकी विद्यार्थी हुन्। वडा अधिवेशनबाट निर्वाचित भइसकेपछि यादवले भनिन्,‘देश र समाजको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको हुँ। मेरो पारिवारिक वातावरण पनि राजनीतिक नै छ ।’ उनले हजुरबुवा, बुवालगायत सबै परिवार नै राजनीतिमा आबद्ध रहेको सुनाइन्।

सर्वसम्मत निर्वाचित भएकी यादवले कांग्रेसमा नयाँ पुस्ताको सहभागिताका लागि भूमिका खेल्ने बताइन्। यादवले राजनीति र पढाइलाई सँगसँगै अगाडि बढाउने योजना सुनाइन्। राजनीतिलाई सेवाका रुपमा नलिएसम्म देशको विकास नहुने उनको निचोड छ।नेपाल समय

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

प्रतिक्रिया दिनुहोस !