को हुन् यी २२ बर्षीय युवक जो सुन्दरहरैँचाबाट अहिलेसम्मकै कान्छा क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भए ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सुन्दरहरैँचा | मोरङको सुन्दरहरैँचा नगरपालिका भित्रबाट अहिलेसम्मकै कान्छा उम्मेद्वार क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका छन्। सुन्दरहरैँचा ५ मा नेपाली कांग्रेसको वडा अधिबेशनबाट निश्चल घिमिरे क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका हुन्।

२२ बर्षीय घिमिरे कोईराला समुहबाट निर्वाचित भएका हुन्। शेखर कोईरालाको निर्वाचन क्षेत्रका रुपमा परिचित मोरङ्ग क्षेत्र नम्बर ६मा सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ५ पनि पर्दछ।nischhal

मोरङ्गकै सुकुना क्याम्पसमा अध्ययनरत घिमिरे नेबिसंघबाट बिद्यार्थी राजनीति गर्दछन्। वडा अधिबेशनमा हजुरवुवा उमेर समुहका प्रतिद्वन्दिलाई पराजित गर्दै घिमिरे क्षेत्रीय प्रतिनिधी चुनिएका हुन्।

मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापतिका उम्मेद्वार देवराज तामाङ्गको वडाका रुपमा परिचित सुन्दरहरैँचा ५ मा कोईराला पक्षको बर्चश्व देखिँदा सानै उमेरका घिमिरेलाई फलिफाप भएको छ ।

मोरङ्ग ६को क्षेत्रीय सभापतिको उम्मेद्वार बन्नुभएका देवराज तामाङ्ग सुन्दरहरैँचा ५ बाट निर्बिरोध रुपमा क्षेत्रीय प्रतिनिधीका रुपमा निर्वाचित भईसक्नुभएको छ। बुधबार सम्पन्न सुन्दरहरैँचा ५ को वडा अधिबेसनबाट कोइराला पक्षीय घनश्याम न्यौपानेसहितको प्यानल नै निर्वाचित भएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

प्रतिक्रिया दिनुहोस !