त्रिशूलीमा का’र ख’स्यो, तीन जान बे’पत्ता

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन: त्रिशूली नदीमा कार ख’स्दा तीन जना बे’पत्ता भएका छन् । एक जनाको उ’द्दार भएको छ। काठमाडौंबाट पोखरा आउँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राती मुग्लिङ नजिक त्रिशूली न’दीमा ख’सेको थियो।

नदीमा का’र ख’स्दा पोखरा घर भएका कार चालक प्रेमबहादुर भुजेल,सोही कारमा सवार लेखबहादुर भुजेल र उनकी श्रीमती ईश्वरी भुजेल बे’पत्ता भएका हुन्। पोखराकै रुद्रलाल सुवेदीको उद्धारपछि अहिले चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो पनि : काठमाण्डाै – डुम्रे–बेसी सहर–चामे सडक खण्ड बाहेक बन्द रहेका अरु सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका सडक खण्ड दशैँसम्ममा खुलिसक्ने सडक विभागले जनाएको हो ।

लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक खण्ड खुलाउन समस्या भएको हो ।

अन्य सडक भने खुलाउन काम सुरु भइसकेको छ । दशैँमा दुईतर्फी नै सडक खुलाउने गरी काम भइरहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । सकेसम्म दुईतर्फी  र नसके एकतर्फी रुपमा भए पनि सडक खुलाउने तयारी भइरहेको नेपालले बताउनुभयो ।

यस्तै, सडक बन्द भइहाल्यो भने पनि तत्काल खुलाउनका लागि मेसिन तथा औजार तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो । खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम पनि तत्कालै सुरु गर्ने तयारी भएको उहाँको भनाइ छ ।

यसैबीच सडक मर्मत तथा खाल्डा पुर्ने कामलाई तीव्रता दिनका लागि आज प्रधानमन्त्री कार्यालयमा बैठक बस्दैछ । सडक विभाग र अन्य निकायको सहभागितामा बस्ने बैठकमा चाडपर्वलाई लक्षित सडक मर्मत गर्ने विषयमा छलफल हुनेछ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरीले चाडपर्वका बेला हुने ट्राफिक दुर्घटना न्यूनीकरण गर्न नाइट भिजनसहितको  लेजर स्पिड गन प्रयोग गर्ने जनाएको छ । दिवा र रात्रिकालीन दुवै समयमा चल्ने गाडीको गतिलाई सही तवरले मापन गर्ने भएकाले  लेजर स्पिड गन प्रयोग गर्ने जनाएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

प्रतिक्रिया दिनुहोस !