माओवादी केन्द्रबाट मन्त्री बन्ने ६ सम्भावित सांसदहरु यस्ता छन्

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका बारेमा छलफल सुरु गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको दिन नै दुई जना मन्त्रीपरिषदमा सहभागी गराएको माओवादी केन्द्रले थप चार जना मन्त्री र एक राज्य मन्त्रीको नामका बारेमा स्थायी कमिटीमा छलफल सुरु गरेको बुझिएको छ ।

सरकार बनेको धेरै लामो समय हुदा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । त्यही भएर सरकारको आलोचना हुन थालेको छ । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुलाई मन्त्रीको नाम माग्न थालेको पनि लामो समय भएको छ ।

तर गठबन्धनमा सहभागी दलहरुले मन्त्रीको नामावली नदिदा अहिलेसम्म मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रले भने अब अन्य दलहरुले नामावली नदिएपनि आफ्नो तर्फबाट एक दुई दिनमा मन्त्रीको नाम देउवालाई बुझाउने तयारी गरेको छ ।

माओवादीबाट मन्त्री हुने सम्भावित व्यक्तिहरु

१) देवेन्द्र पौडेल

२) महेश्वर गहतराज

३) सुदन किराँती

४) शशि श्रेष्ठ

५) हरि चौधरी

६) अमनलाल मोदी

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 533
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    533
    Shares

प्रतिक्रिया दिनुहोस !