अन्तरवार्ता दिदादिदै राम कुमारी झाँक्रीको मुखबाट बोल्नै नहुने शब्द निस्किएपछी…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीको जिब्रो चिप्लिएको छ । एक टेलिभिजन अन्तरवार्तामा क्रममा झाँक्री क्री बोल्नै नहुने शब्द बोलेर चिप्लिएकी हुन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा दिक्क भएर उनी ‘हे भगवान’ भन्दै चिप्लिएर शब्द उच्चारण गरेकी हुन् । कम्युनिस्टहरुले संसारमा भगवान छन् भन्नेमा विश्वास गर्दैनन् ।

‘मन्त्री अथवा सांसद राजकीय मामलामा जाने मान्छेले राज्यको उपल्लो तहमा गएर श्रोतको दुरुपयोग गर्नु गलत हो ।’ उनले भनिन्, ‘राजनीति भनेको शक्तिको प्राप्ती हो । र त्यसको न्योचित वितरण र विनियोजना हो । यो चिजलाई सिद्धान्तत व्यवहारमा लागु गर्नु च्यालेन्जिङ काम हो ।’

‘म पब्लिक अडिटमै छु । मेरा सम्पूर्ण कुराहरु यहाँहरुले नियालीरहनु भएको छ ।’ उनले भनिन्, ‘म जनताको अग्नी परिक्षामा छु । मैले पद पाएको खण्डमा पनि गलत गर्ने छैन् ।’

उनले आफू मन्त्री बन्न भन्दा पनि पार्टी निर्माणतीर केन्द्रीत हुन चाहेको बताएकी छन् । ‘म लगायत युवा साथीहरुले सरकारमा जाने भन्दा पनि पार्टी बनाउन केन्द्रीत भएको भए हुन्थ्यो भन्ने भएको छ ।’ उनले भनिन्, ‘तर पनि पार्टीले गरेको निर्णयमा नाई भन्ने कुरा भएन् । बिचार मिल्नेहरुको सानो पार्टी बनाएका छौँ । सानो पार्टीले गरेको निर्णयहरु मान्ने हाम्रो कर्तव्य हो ।’

उनले आफू जुनसुकै मन्त्रालय दिएपनि चलाउन सक्षम भएको बताएकी छन् । ‘तपाई कुन मन्त्री बन्दै हुनुहुन्छ ?’ भन्ने धमलाको प्रश्नमा झाँक्रीले भनिन्, ‘फेरी यो कुुरा कहाँबाट आयो । रोजी छानी पनि मन्त्री बन्न पाइन्छ ? यो वा त्यो होइन् म पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वत पुरा गर्न सक्षम छु ।’

राजनीति गर्ने मान्छे अबस्य मन्त्री बन्न सक्ने भन्दै आजसम्म पार्टी अध्यक्ष माधवकुमार नेपालले कुन मन्त्री बनाउँ भनेर नभएको खुलासा गरिन् । ‘पार्टी अध्यक्षले मलाई कुन मन्त्रालय रोज्नुहुन्छ भनेर भन्नु भएको छैन्, तपाईले कसरी सोध्नुभयो ।’ धमलालाई उल्टै प्रश्न गरिन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 314
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    314
    Shares

प्रतिक्रिया दिनुहोस !