बादल जस्तो फिस्टोलाई चुनाव हराउन मै काफी छु : सुदन किराँती

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले एमाले नेता रामबहादुर थापा बादललाई चुनाव हराउन आफू काफी रहेको बताएका छन् ।

माओवादी केन्द्र परित्याग गरी एमाले बनेका नेता थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग चुनाव लड्ने अभिव्यक्ति दिएपछि किराँतीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

एमाले नेता बादलको अभिव्यक्ती लगत्तै मन्त्री बन्नेसमेत चर्चामा रहेका माओवादी नेता किराँतीले बादललाई फिस्टो भन्दै प्रचण्डनै नचाहिने आर्फैँले हराइदिने बताएका थिएका हुन् । त्यस्तै अर्का माओवादी नेता जगत सिम्खडाले पनि बादललाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ केन्द्रीय अध्यक्ष जगत सिम्खडाले एमाले नेता रामबहादुर थापा ‘बादल’लाई आगामी निवार्चनमा धादिङ आएर आफूसँग प्रतिस्पर्धा गर्न चुनौति दिएका छन् ।

एमाले नेता थापाको प्रचण्डसँग चुनाव लड्छु भन्ने अभिव्यक्ति सञ्चारमाध्यममा आएसँगै बागमती प्रदेश सभा सदस्य समेत रहेका अन्टुफ अध्यक्ष सिम्खडाले उनलाई आफूसँग प्रतिस्पर्धा गर्न चुनौति दिएका हुन् । शुक्रबार अन्टुफ अध्यक्ष सिम्खडाले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रचण्डको गफ नदिउ रहरै छ भनि धादिङ तिर मसँग लड्न जनताले हिसाब गरेका छन् ।”

पूर्वमाओवादी नेता समेत रहेका एमाले नेता थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा लागेका थिए भने राष्ट्रिय सभा उपनिर्वाचनमा तत्कालीन एमालेकै वागी उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका थिए । त्यसै गरि नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गरेका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिएका छन् ।

बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी १ सुदन किराती भर्सेस राम बहादुर थापा ।’सुदन भोजपुबाट दुईपटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 504
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    504
    Shares

प्रतिक्रिया दिनुहोस !