रामकुमारी झाक्रीले खुलाइन मन्त्रिपरिषद् विस्तार ढिला हुनुको कारण

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मोरङ — नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा तीन वटा परेको रिटले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएकी छन् ।

‘लामो समयपछि बल्ल रिट खारेजको प्रक्रियामा अघि बढेको तर अझै मुद्दा विचाराधीन छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुरा गर्दै झाँक्रीले भनिन्, ‘मुद्दाको अन्तिम किनारा लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्छ ।’ अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने उनले विश्वास व्यक्त गरिन् ।

यसैबीच पार्टीको केन्द्रीय कमिटी बैठकले कार्य समितिहरु पूर्णता पाएको र अब छिट्टै राष्ट्रिय सम्मेलन गरेर पार्टीको दस्तावेजलाई अन्तिम रुप दिने तयारीमा रहेको झाँक्रीले बताइन् ।

उनले विक्षिप्त अवस्थामा आक्रोश र इर्ष्याबाट गुज्रिरहेकोले एमाले अध्यक्ष केपी शर्मा ओलीले जे पायो त्यही बोलिरहेको आरोप लगाइन् । उनले आफ्नो पार्टीमा ओली दिएको अभिव्यक्ति विक्षिप्त मानसिकताको उपज भएको बताइन् ।

झाँक्रीले आफूहरु केही समय मुद्दामा अल्झेकोले वाग्मती र प्रदेश १ सरकार गठनमा ढिलाइ भएको बताइन् । उनले मुद्दा किनारा लागेपछि गठबन्धन दलको सरकार गठनको प्रक्रियामा अघि बढ्ने बताइन् ।

‘एकीकृत समाजवादीले वैधानिकता प्राप्त गरेसँगै वाग्मती र प्रदेश १ सरकार अल्पमतमा परिसकेको छ,’ उनले भनिन्, ‘अल्पमतमा परेपछि दुवै प्रदेशका मुख्यमन्त्रीलाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनै पर्ने हुन्छ तर मुद्दाले गर्दा दुवै प्रदेशका मुख्यमन्त्रीले ३० दिन सरकारको आयु लम्ब्याउन पाए ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 235
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    235
    Shares

प्रतिक्रिया दिनुहोस !