सिराहामा एमाले र कांग्रेस त्यागेर माओवादी प्रवेश गर्नेको लर्को

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सिराहाको लाहान नगरपालिका २० मा नेकपा माओवादीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

हरिनगरा स्थित आधारभूत विद्यालयको प्रांगणमा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी एकभन्दा सय बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहेका केन्द्रीय सदस्य तथा पूर्व कानून मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले नवप्रवेशी हरुलाई फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए।

हाल नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रहेका वडा अध्यक्ष गणेश चौधरीलाई यश कार्यक्रमले थप मजबुत बनाएको माओवादी नगर कमिटीका नेता विजयकुमार गुप्ताको दाबी रहेको छ।

उक्त कार्यक्रममा मेयरका प्रत्यासी खडग नारायण चौधरी, नेता जिवछ यादव, वडा- २१ का वडा अध्यक्ष हेमन्त यादव, युवा नेता चन्देश्वर यादवलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो पनि – काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनदेखि नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

शनिबार हेटौँडामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै आगामी निर्वाचनबाट एमाले टर्च बालेर खोज्नुपर्ने र अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडाबाट खस्ने उनले बताए ।

उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’

अध्यक्ष नेपालले आफ्नो पार्टीले कार्यकर्तालाई फूलको आँखाले हेर्ने तर, ओली काँडाको आँखाले हेर्ने गरेको पनि बताएका छन् । उनले भने, ‘ हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’

प्रधानमन्त्रीमा रहँदा ओलीले प्रधानमन्त्रीको कुर्सी जोखिम रहेकाले संसद विघटनको बाटो रोजेको पनि बताएका छन् । यदि, कुर्सी ताकिएको कुर्सी नै भाँच्ने धम्कि पनि ओलीले दिएको नेपालले बताए ।

उनले भने, ‘प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो । मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’तर, संसद विघटन गरेर फेरि सत्तामा पुग्ने ओलीको त्यो सपना पूरा नभएको पनि उनले बताए ।news24

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

प्रतिक्रिया दिनुहोस !