केपी ओलीले एमालेलाई ‘ख’रानी’ पार्ने भएः पृथ्वी सुब्बा गुरुङ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि ग म्भीर प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले ख’रानी बन्न सक्ने बताएका हुन ।

अध्यक्ष ओलीमा बिकसित भएको अहं कार, द म्भ र ब्यक्तिबादले पार्टी समाप्त हुन सक्ने ख’ तरा उत्पन्न भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट ग म्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बिघटनको दिशातिर उन्मुख भएको उनको भनाई छ ।

‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो ।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी ख ‘रानी हुन मात्र बाँकी छ ।’

अध्यक्ष ओलीको द म्भ का कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ । ‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो ।

त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अ हं कार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’

साढे तीन बर्षमै यति ठूलो क्ष ति ब्यहोर्नुले एमालेको भबिश्य के होला भनेर चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ । तर अहिलेको अबस्था यस्तो होइन ।’

उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने द म्भ पाल्दाको परिणति हो, यो । अध्यक्ष ओलीको ब्यक्तिबादी द म्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’ एउटा ब्यक्तिको (ओली) कारण पार्टी र आ न्दोल नले ग म्भीर ध क्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आ त्म सात गर्नु पर्ने उनको तर्क छ । अझ एमाले पनि सिंगो अबस्थामा नरहने हो भने त कम्युनिष्ट आ न्दो लन नै क्ष त बिक्ष त हुने सचिब गुरुङको भनाई छ ।

अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्वन्द्वबादीढंगले हेर्नु पर्ने उनी बताउँछन् । ‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’ उनी भन्छन् ।

यो पनि – काठमाडौं । सिराहाको लाहान नगरपालिका २० मा नेकपा माओवादीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

हरिनगरा स्थित आधारभूत विद्यालयको प्रांगणमा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी एकभन्दा सय बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहेका केन्द्रीय सदस्य तथा पूर्व कानून मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले नवप्रवेशी हरुलाई फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए।

हाल नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रहेका वडा अध्यक्ष गणेश चौधरीलाई यश कार्यक्रमले थप मजबुत बनाएको माओवादी नगर कमिटीका नेता विजयकुमार गुप्ताको दाबी रहेको छ।

उक्त कार्यक्रममा मेयरका प्रत्यासी खडग नारायण चौधरी, नेता जिवछ यादव, वडा- २१ का वडा अध्यक्ष हेमन्त यादव, युवा नेता चन्देश्वर यादवलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो पनि – काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनदेखि नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

शनिबार हेटौँडामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै आगामी निर्वाचनबाट एमाले टर्च बालेर खोज्नुपर्ने र अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडाबाट खस्ने उनले बताए ।

उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’

अध्यक्ष नेपालले आफ्नो पार्टीले कार्यकर्तालाई फूलको आँखाले हेर्ने तर, ओली काँडाको आँखाले हेर्ने गरेको पनि बताएका छन् । उनले भने, ‘ हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’

प्रधानमन्त्रीमा रहँदा ओलीले प्रधानमन्त्रीको कुर्सी जोखिम रहेकाले संसद विघटनको बाटो रोजेको पनि बताएका छन् । यदि, कुर्सी ताकिएको कुर्सी नै भाँच्ने धम्कि पनि ओलीले दिएको नेपालले बताए ।

उनले भने, ‘प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो । मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’तर, संसद विघटन गरेर फेरि सत्तामा पुग्ने ओलीको त्यो सपना पूरा नभएको पनि उनले बताए ।news24

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

प्रतिक्रिया दिनुहोस !