अब भिम रावलको केपी ओली संग अन्तिम ल’डा’ई: वार कि पार !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । आइतबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल गएनन् । बैठक थियो– आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल कार्यक्रम ।

शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । तर, उक्त १० वटै समूहमा माधव नेपालको साथ छाडेर एमालेमै फर्किएका कसैले जिम्मेवारी पाएका थिएनन् ।

आइतबार १० समूहका टोली नेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम थियो । तर, बैठकमा उपाध्यक्ष रावल भने गएनन् ।

कारण थियो, पार्टी एकता गर्न बनेको १० बुँदे सहमति हुबहु लागू गर्नुपर्ने । यस विषयमा शुक्रबार अध्यक्ष ओलीसँग वार्ता गरेका रावलले धोकामात्र पाए । अध्यक्ष ओलीले सके आइतबारसम्म यो विषयमा छलफल गरेर अघि बढने बताएका थिए । साथै, अहिले यो विषय प्राथमिकता नरहेको र विधान महाधिवेशनमा केन्द्रित हुने पनि बताएका थिए ।

आलीको भनाइअनुसार आइतबारसम्म स्थायी कमिटी बैठक डाकेर ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्छन् भन्ने आशमा बसेका रावलले धोका पाए । त्यसपछि उनी बैठकमा अनुपस्थित भएको स्रोत बताउँछ ।

प्रधानमन्त्रीमा रहँदा ओलीले संसद विघटन गरेपछि एमाले दुई भागमा विभाजित भएको थियो । ओली समूह र माधवकुमार नेपाल समूह । उपाध्यक्ष भीम रावलसँगै १० सांसद नेपाल समूहमा लागेका थिए । तर, पछि नेपाल समूहले नयाँ पार्टी खोल्दा रावलसहित १० जना एमालेमै मिसिएका थिए, १० बुँदे सहमति कार्यान्वयन गर्ने सर्तमा ।

त्यतिबेला अध्यक्ष ओलीले अक्षरस १० बुँदे सहमति कार्यान्वयन हुने बताएका थिए । पार्टीमा आएपछि सहमतिका कुरा गर्ने तर, कार्यान्वन नगरिएपछि ओलीसँग रावल चित्त दुखाउँदै आएका थिए ।

र, यहीँ बीचमा आगामी असोज १५–१७ का लागि विधान महाधिवेशनको मिति तय गरियो । त्यसपछि अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनभन्दा पनि विधान महाधिवेशनलाई ध्यान दिएका थिए ।

तर, एमालेमा मिसिएका नेपाल समूहका तेस्रो धारका नेताहरुले भने १० बुँदे सहमति अक्षरस पालना नभई बैठकमा सामेल नहुने बताउँदै आएका छन् । अब भीम रावल आफु एमालेमा बस्ने-नबस्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसंग वार कि पार गर्ने स्थितिमा पुगेका छन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 152
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    152
    Shares

प्रतिक्रिया दिनुहोस !