चुनावमा ओलीलाई पत्तासाफ पार्न सत्ता गठबन्धनले थाल्यो यस्तो तयारी !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको सत्ता गठबन्धनले चुनावमा पनि एमाले बिरुद्ध गठबन्धनलाई नै निरन्तरता दिने र थप रणनीति बनाउँने निर्णय गरेको छ । र त्यसको जिम्मा सत्ता गठबन्धनका शिर्ष नेताहरुलाई दिएको छ ।

सरकार गठन भएको दुई महिनासम्म पनि मन्त्रालयको भागभण्डा टुंगो नलाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।मन्त्रिपरिषद्लाई पूर्णता दिन शीर्ष नेतालाई मन्त्रालय बाँडफाँडको जिम्मा दिइएको जनता समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले जानकारी दिए ।

अहिलेसम्म मन्त्रालयको भागबण्डा नटुंगिएको कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । आजको बैठकमा शीर्ष नेतालाई टुंगो लगाउने जिम्मेवारी दिइएको छ, उनले भने ।

बैठकमा गठबन्धनलाई बलियो बनाउन खाका तयार गर्ने जिम्मा शीर्ष नेताहरूले लिएका छन् । ुगठबन्धनलाई चुनावसम्म लैजानका निम्ति आवश्यक नीति, कार्यक्रम र एजेण्डा तयारीको जिम्मा शीर्ष नेतालाई दिइएको छ, यादवले भने ।

शीर्ष नेताहरूले गठबन्धनको निर्वाचन केन्द्रित एजेण्डा, सहकार्यका मुद्दालगायतका विषयमा खाका निर्माण गर्ने यादवले बताए । बैठकमा राष्ट्रिय जनमोर्चाले सरकारले पूर्णता नपाउँदा गठबन्धनप्रति वितृष्णा बढिरहेको भन्दै मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

राष्ट्रिय जनमोर्चाले नागरिकमा वितृष्णा बढिरहेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ नगर्न ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीले अब छिट्टै सरकार विस्तार हुने बताउनुभयो, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।

जनता समाजवादी पार्टीले अध्यादेशलाई छिटो निष्क्रिय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । हामीले अध्यादेशलाई पनि टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई भनेका छौँ, यादवले भने । सरकारले अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको छ ।

यो पनि – काठमाडौं । आइतबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल गएनन् । बैठक थियो– आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल कार्यक्रम ।

शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । तर, उक्त १० वटै समूहमा माधव नेपालको साथ छाडेर एमालेमै फर्किएका कसैले जिम्मेवारी पाएका थिएनन् ।

आइतबार १० समूहका टोली नेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम थियो । तर, बैठकमा उपाध्यक्ष रावल भने गएनन् ।

कारण थियो, पार्टी एकता गर्न बनेको १० बुँदे सहमति हुबहु लागू गर्नुपर्ने । यस विषयमा शुक्रबार अध्यक्ष ओलीसँग वार्ता गरेका रावलले धोकामात्र पाए । अध्यक्ष ओलीले सके आइतबारसम्म यो विषयमा छलफल गरेर अघि बढने बताएका थिए । साथै, अहिले यो विषय प्राथमिकता नरहेको र विधान महाधिवेशनमा केन्द्रित हुने पनि बताएका थिए ।

आलीको भनाइअनुसार आइतबारसम्म स्थायी कमिटी बैठक डाकेर ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्छन् भन्ने आशमा बसेका रावलले धोका पाए । त्यसपछि उनी बैठकमा अनुपस्थित भएको स्रोत बताउँछ ।

प्रधानमन्त्रीमा रहँदा ओलीले संसद विघटन गरेपछि एमाले दुई भागमा विभाजित भएको थियो । ओली समूह र माधवकुमार नेपाल समूह । उपाध्यक्ष भीम रावलसँगै १० सांसद नेपाल समूहमा लागेका थिए । तर, पछि नेपाल समूहले नयाँ पार्टी खोल्दा रावलसहित १० जना एमालेमै मिसिएका थिए, १० बुँदे सहमति कार्यान्वयन गर्ने सर्तमा ।

त्यतिबेला अध्यक्ष ओलीले अक्षरस १० बुँदे सहमति कार्यान्वयन हुने बताएका थिए । पार्टीमा आएपछि सहमतिका कुरा गर्ने तर, कार्यान्वन नगरिएपछि ओलीसँग रावल चित्त दुखाउँदै आएका थिए ।

र, यहीँ बीचमा आगामी असोज १५–१७ का लागि विधान महाधिवेशनको मिति तय गरियो । त्यसपछि अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनभन्दा पनि विधान महाधिवेशनलाई ध्यान दिएका थिए ।

तर, एमालेमा मिसिएका नेपाल समूहका तेस्रो धारका नेताहरुले भने १० बुँदे सहमति अक्षरस पालना नभई बैठकमा सामेल नहुने बताउँदै आएका छन् । अब भीम रावल आफु एमालेमा बस्ने-नबस्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसंग वार कि पार गर्ने स्थितिमा पुगेका छन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

प्रतिक्रिया दिनुहोस !