ज्ञानेन्द्र शाहीको चेतावनी: एमसीसी पास गर्ने नेतालाई जुत्ताको माला र कालोमोसो दल्छौं !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसी पास गर्ने नेतालाई जुत्ताको माला र कालोमोसो दल्ने बताएका छन् ।

संसदमा २७५ जना सांसदले देश र जनताको पक्षमा बहस गर्न नसक्ने हो भने ५ पार्टीका ५ जना सांसद भए भैगोनी भन्दै भत्ता पचाउनका लागि यति धेरै सांसद किन चाहियो भनी प्रश्न गरे ।

शरिरमा एक थोपा रगत बगे सम्म एमसीसी बिरुद्ध लड्ने उद्धघोष गरे । आफ्नो एमसीसी बिरुद्धको बिरोध कार्यक्रम बिथोल्न माथिको आदेश आएको भए पनि आफुहरुलाई साथ दिन प्रहरीलाई आग्रह गरे ।

अहिले अफ्गानिस्तानको सेनाले अमेरिकी सेनाको बुट पालिस गर्छ भोली नेपाली सुरक्षार्कीको पनि सोही हालत हुन्छ भन्दै सुरक्षाकर्मीलाई सम्झाए । मुलुक बचाउने हो भने सारा नेपाली सडकमा आउनु पर्ने बताए । उनले ७७ पृष्ठ लामो सम्झौता आफ्नो निर्वाचन क्षेत्रमा आएर पढेर सुनाउन सांसदहरुलाई चेतावनी दिए ।

गर्विलो इतिहाँस बोकेको नेपाललाई जोगाउने की बेच्न दिने भन्दै नागरिकलाई प्रश्न गरेका थिए । बिरोध सभामा सहभागी भएकाहरुले देश बेच्न दिन्न भन्दै ज्ञानेन्द्रलाई साथ दिएका थिए ।

एमसीसी ठिकछ भन्ने कोही पनि मान्छे आफुसँग खुल्ला बहस गर्न आउन चुनौती दिए । महाकाली बेच्यौ,कोशी बेच्यौ,टनकपुर बेच्यौ अब एमसीसी पास गरेर अमेरिकाको गुलाम बन्न नदिने बताए ।

अंग्रेजलाई घुँडा टेकाएको स्मरण गर्दै नेपालीहरु अमेरिकाको दास बन्न नसक्ने उनको धारण थियो । प्रहरीले आफ्नो कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रहरी प्रमुखलाई आफ्ना सिपाहीलाई ठाउँमा राख्न आग्रह गरे ।

यो पनि – काठमाडौं । आइतबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल गएनन् । बैठक थियो– आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल कार्यक्रम ।

शनिबार सातै प्रदेशका टोली नेता र अन्य ३ गरि १० वटा समूहका टोली नेताले आफ्नो बैठकमा आफ्नो सुझाव राखेका थिए । तर, उक्त १० वटै समूहमा माधव नेपालको साथ छाडेर एमालेमै फर्किएका कसैले जिम्मेवारी पाएका थिएनन् ।

आइतबार १० समूहका टोली नेताले तयार पारेको सुझाव प्रतिवेदनबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिने कार्यक्रम थियो । तर, बैठकमा उपाध्यक्ष रावल भने गएनन् ।

कारण थियो, पार्टी एकता गर्न बनेको १० बुँदे सहमति हुबहु लागू गर्नुपर्ने । यस विषयमा शुक्रबार अध्यक्ष ओलीसँग वार्ता गरेका रावलले धोकामात्र पाए । अध्यक्ष ओलीले सके आइतबारसम्म यो विषयमा छलफल गरेर अघि बढने बताएका थिए । साथै, अहिले यो विषय प्राथमिकता नरहेको र विधान महाधिवेशनमा केन्द्रित हुने पनि बताएका थिए ।

आलीको भनाइअनुसार आइतबारसम्म स्थायी कमिटी बैठक डाकेर ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्छन् भन्ने आशमा बसेका रावलले धोका पाए । त्यसपछि उनी बैठकमा अनुपस्थित भएको स्रोत बताउँछ ।

प्रधानमन्त्रीमा रहँदा ओलीले संसद विघटन गरेपछि एमाले दुई भागमा विभाजित भएको थियो । ओली समूह र माधवकुमार नेपाल समूह । उपाध्यक्ष भीम रावलसँगै १० सांसद नेपाल समूहमा लागेका थिए । तर, पछि नेपाल समूहले नयाँ पार्टी खोल्दा रावलसहित १० जना एमालेमै मिसिएका थिए, १० बुँदे सहमति कार्यान्वयन गर्ने सर्तमा ।

त्यतिबेला अध्यक्ष ओलीले अक्षरस १० बुँदे सहमति कार्यान्वयन हुने बताएका थिए । पार्टीमा आएपछि सहमतिका कुरा गर्ने तर, कार्यान्वन नगरिएपछि ओलीसँग रावल चित्त दुखाउँदै आएका थिए ।

र, यहीँ बीचमा आगामी असोज १५–१७ का लागि विधान महाधिवेशनको मिति तय गरियो । त्यसपछि अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनभन्दा पनि विधान महाधिवेशनलाई ध्यान दिएका थिए ।

तर, एमालेमा मिसिएका नेपाल समूहका तेस्रो धारका नेताहरुले भने १० बुँदे सहमति अक्षरस पालना नभई बैठकमा सामेल नहुने बताउँदै आएका छन् । अब भीम रावल आफु एमालेमा बस्ने-नबस्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसंग वार कि पार गर्ने स्थितिमा पुगेका छन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 119
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    119
    Shares

प्रतिक्रिया दिनुहोस !