भाईरल विनिता कुमालको वास्तविक जीवनमा आधारित म्युजिक भिडियोले दर्शकको मन जित्दै (भिडियो)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बिनिता कुमालको जीवन कहानी समेटिएको गीत सार्वजनिक भएको छ । सानै उमेरमा आमाले छाडेर गएको र बुबा विदेशमा रहेकी उनको भिडियो युटुबमा आएपछि उनी भाईरल बनेकी थिईन् ।

उनै विनिताको जीवनी समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो । उक्त गीतमा विनिता आफैले पनि अभिनय गरेकी छिन् । उनको वास्तविक जीवन कथामा आधारित ए मेरो बाबा नामक लोक गीतिसंग्रह सार्वजनिक भएको हो । सञ्चारकर्मी दिपक नेपाली सञ्चालक रहेको जिटिभि नेपालको प्रस्तुतीमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा ओम सेञ्चुरी र रविना बसेलले स्वर दिएका छन । गीतको शव्द गायक ओम सेञ्चुरीले लेखेका हुन् । भिडियोमा विनिता ुकुमाल, सञ्चारकर्मी दिपक नेपाली, सरस्वती फुँयाल, कपिल आर.के मगर लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियो जिटिभि नेपाल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त भिडियो जिटिभि नेपालमा राखिएको ४ घण्टा नबित्दै २ लाख भन्दा बढी दर्शकले हेरिसक्नुभएको छ । उक्त गीतमा विनिता आफैले अभिनय गरेकी छिन् । उक्त भिडियोमा विनिताको जीवनमा भएको कक्षा समेटिएको जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले बताउनुभयो । दिपक आफैले पनि भिडियोमा बिनिताको बुबाको रुपमा अभियन गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 171
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    171
    Shares

प्रतिक्रिया दिनुहोस !