ओली समुह हामीलाई भोट दिनुस, ६ महिनामा ससंद विघटन गरेर आउँछौ भन्दै गाउँ जालान? झाँक्री

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गृहजिल्ला गुल्मीबाट लड्ने बताएकी छन्। पार्टी केन्द्रीय सचिवमा चयन भएको भोलिपल्ट उनले यस्तो बताएकी हुन् ।

शुक्रबार गुल्मी-काठमाडौँ सम्पर्क मञ्च भेला आयोजक कमिटीले काठमाडौंको थापागाउँमा गरेको कार्यक्रममा बोल्दै उनले अब आफ्नो निर्वाचन क्षेत्र गृहजिल्ला गुल्मी नै हुने बताइन्। एमालेबाट समानुपातिक कोटाबाट संघीय सांसद रहेकी उनी विभाजन रोजेपछि अहिले नयाँ दल समाजवादीकी सांसदका रुपमा कायम छिन्।

‘लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि गुल्मीलाई मैले कहिल्यै आफ्नो भूगोल बनाउने अवसर पाएको थिइन’, उनले भनिन्, ‘म जब राजनीतिमा सक्रिय रहँदा गुल्मीलाई नै भूगोल बनाएर अघि बढ्छु।’ उनले आफूलाई यसअघि अवसरवादीहरुले सधैँ निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन नसकेको गुनासो गरिन्।

उनले पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्ला ईन्चार्ज बनाउने नियम भए पनि गुल्मीको माटोमा जन्मेर पनि आफूलाई त्यो जिम्मेवारी पूरा गर्ने अवसरबाट केपी ओलीले बञ्चित गरेको उनले बताइन्।

उनले गुल्मीमा आफूसँगै हिमाल थापा, श्रीराम महत जस्ता सयौँ युवा नेता पनि निर्वाचन लड्न तयार रहेको बताइन्। दुई(दुई पटक ससंदको हत्या गर्नेसँगको लडाइँमा संविधानको रक्षा गरेर अगाडि बढेको बताउँदै अब निर्वाचनबाट त्यस्ता प्रवृत्तिलाई पराजित गर्ने पनि बताइन्।

‘एमालेका मान्छेहरु अब के भनेर ससंदको निर्वाचनमा भाग लिन्छन्, त्यो हेर्न बाँकी छ’, उनले भनिन्, ‘के उनीहरु हामीलाई भोट दिनुस्, ६ महिनामा ससंद विघटन गरेर आउँछौ भन्दै गाउँ जालान्रु’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखिन्। ‘संविधानको धज्जी उडाउने केपी ओली कम्पनीको एमालेलाई सांसदको निर्वाचनमा मत माग्ने नैतिक अधिकार छैन’, उनले भनिन्। उनले माधव नेपाललाई बोकेर विद्रोह गर्न लगाउने नेताहरु सबैभन्दा अवसरवादी भएको बताइन्।

‘माधव नेपाललाई बोकेर विद्रोह गर्न लगाउने १० जना नेताहरु सबैभन्दा बढी अवसरवादी हुन्’, उनले थपिन्। विचार र सिद्धान्तबिनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादीलाई आगामी निर्वाचनमा जनताले देखाइदिने उनको दाबी थियो।

यो पनि –  नेकपा एमालेबाट अलग्गिएर बन्न लागेको नेकपा एकीकृत समाजवादी पाटी गठबन्धनको सरकारमा सहभागि हुने अन्तिम तयारीमा जुटेको छ । माधव कुमार नेपाल नेतृत्वको उक्त पार्टीले सरकारका नियुक्तीहरुकमा भागबण्डा पनि पाइरहेको खबर आइरहेका छन् ।

यसैबीच माधव नेपालको पार्टीबाट कम्तीमा ५ जना मन्त्री र एकजना राज्यमन्त्री बन्ने लगभग सहमति भएको खबर प्राप्त भएको छ । यस्तै, लामो समयदेखि रिक्त उपसभामुख पद पनि माधवकै पोल्टामा पर्ने सम्भावना रहेको छ ।  एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिएपछि रिक्त रहेको उक्त पदमा दलहरुले अहिले सहमति जुटाउन सकेका छैनन् ।

अहिले उपसभामुख पद एमाले विभाजन गरेको माधव नेपाल पक्षलाई दिने तयारी भएको छ । गठबन्धन स्रोतका अनुसार, उपसभामुख नेपाल पक्षलाई दिने र त्यसमा पनि रामकुमारी झाँक्रीलाई बनाउनुपर्ने मत रहेको छ ।

झाँक्री स्वयम्ले भने हुने भए मन्त्री हुने नत्र पार्टीको काममा लाग्ने भन्दै आएकी छिन् । निकटस्थहरुसँग उनले मन्त्री भएर केही काम देखाउन पाए हुने भन्ने गरेकी छिन् । तर, उपसभामुखमा झाँक्रीलाई लैजाने गठबन्धनको चाहनाको रणनीति भने रोचक छ ।

खासमा झाँक्री एमाले अध्यक्ष केपी ओलीको चर्को विरोधी हुन् । एमालेमा हुँदादेखि नहुँदासम्म एकअर्काका प्रति खुबै प्रतिशोधी भावनामा रहेका दुवै जनालाई एउटै मञ्चमा राख्ने मनसाय गठबन्धनको देखिन्छ ।

गठबन्धनका एक नेताको भनाइमा संवैधानिक परिषद्को बैठकमा ओली र झाँक्रीलाई आमनेसामने बनाउने उनीहरुको तयारी हो । विपक्षी दलको नेताको हैसियतमा संवैधानिक परिषद्को बैठकमा ओली सहभागी हुँदा झाँक्री चाहिं उपसभामुखको हैसियतमा उपस्थित हुनेछिन् । त्यसैले पनि झाँक्रीलाई उपसभामुख बनाउने गठबन्धनका नेताहरुको तयारी हो । तर, झाँक्री उपसभामुखभन्दा शिक्षामन्त्री बन्ने चाहनामा रहेको सूचना प्राप्त गरेको छ ।

यो पनि – काठमाडौं । सिराहाको लाहान नगरपालिका २० मा नेकपा माओवादीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

हरिनगरा स्थित आधारभूत विद्यालयको प्रांगणमा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी एकभन्दा सय बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहेका केन्द्रीय सदस्य तथा पूर्व कानून मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले नवप्रवेशी हरुलाई फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए।

हाल नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रहेका वडा अध्यक्ष गणेश चौधरीलाई यश कार्यक्रमले थप मजबुत बनाएको माओवादी नगर कमिटीका नेता विजयकुमार गुप्ताको दाबी रहेको छ।

उक्त कार्यक्रममा मेयरका प्रत्यासी खडग नारायण चौधरी, नेता जिवछ यादव, वडा- २१ का वडा अध्यक्ष हेमन्त यादव, युवा नेता चन्देश्वर यादवलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो पनि – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनदेखि नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

शनिबार हेटौँडामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै आगामी निर्वाचनबाट एमाले टर्च बालेर खोज्नुपर्ने र अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडाबाट खस्ने उनले बताए ।

उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’

अध्यक्ष नेपालले आफ्नो पार्टीले कार्यकर्तालाई फूलको आँखाले हेर्ने तर, ओली काँडाको आँखाले हेर्ने गरेको पनि बताएका छन् । उनले भने, ‘ हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’

प्रधानमन्त्रीमा रहँदा ओलीले प्रधानमन्त्रीको कुर्सी जोखिम रहेकाले संसद विघटनको बाटो रोजेको पनि बताएका छन् । यदि, कुर्सी ताकिएको कुर्सी नै भाँच्ने धम्कि पनि ओलीले दिएको नेपालले बताए ।

उनले भने, ‘प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो । मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’तर, संसद विघटन गरेर फेरि सत्तामा पुग्ने ओलीको त्यो सपना पूरा नभएको पनि उनले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 567
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    567
    Shares

प्रतिक्रिया दिनुहोस !