तनहुँमा ओली किल्ला ढल्दै, एमाले उपाध्यक्षसहित ३५० जनाले गरे माओवादी केन्द्रमा प्रबेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पोखरा – एमाले उपाध्यक्षसहित ३ सय ५० जना नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा कांग्रेस र एमाले परित्याग गरी एकै पटक ३५० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले शुक्लागण्डकी– १२ का वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा उक्त संख्याका कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

वडा कमिटी सदस्यहरु क्या.सोमबहादुर गुरुङ, बिगत १७ बर्ष देखि गाउँकमिटी सदस्य हुदै हाल वडा कमिटी सदस्य बनेका रेमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, खुमप्रसाद गुरुङ, छविलाल गुरुङ लगायतका पदाधिकारीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देब गुरुङले टीका लगाएर स्वागत गरेका थिए । एकै पटक कांग्रेस र एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शुक्लागण्डकी–१२ मा ठूलो एमाले कांग्रेसलाई ठूलो धक्का लागेको छ ।

नेकपा माओवादीले देशभरबाट पहिलो शक्ति बन्ने लक्ष्य सहित पार्टी सुदृढ गर्ने अभियान संचाल गरेको छ । त्यही अभियान अन्तरगत विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रबेश गर्नेको लर्को लागेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशकै पहिलो पार्टी बन्ने अवसर आएको भन्दै त्यसका लागि सम्पूर्ण पार्टी कमिटिलाई डटेर लाग्न निर्देशन दिएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

प्रतिक्रिया दिनुहोस !