CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा एमालेको बलियो खम्बा ढलेको छ । झापाका चर्चित तथा राम्रो जनाधार भएका एक नेता नेकपा एमाले प्रबेश गरेका छन् । तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए । संसद सचिवालयको विवरण अनुसार झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीको बैठक सकिएको छ । बैठकले मन्त्रीबन्नेहरुको टुंङ्गो लगाएको छ । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकिकृत समाजवादीबाट सरकारमा सहभागी हुनेहरुको लिष्ट तयार भएको हो ।
सरकार बनेको लामो समयसम्म पनि मन्त्रीपरिषदले पुर्णता पाउन नसक्दा ओलोचित भएको देउवा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएर भोलीनै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको बुझीएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले बताए।
एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेको ती नेताको दाबी छ। यसैगरी, मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ छन्।
यस्तै, भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री बन्ने ती नेताले बताए। कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ। तर, कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो नलागेको ती नेताले बताए।
आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी छ। खारेज भएको सिफारिस राष्ट्रपतिले जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार हुने नेताहरुले बताएका छन्।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।