नेकापा (एस) बाट रामकुमारी सहित यी ५ जना बन्दै छन् मन्त्रि (नामसहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ ।

मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर हिजो बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए । अहिले साँझसम्म उनले ६ जनाकै नाम टुँगो लगाएका हुन् । नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् ।

खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ । प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म भोलि नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै फिर्ता लिने तयारीसमेत गरेको छ । त्यसको लागि अहिले मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

यो पनि – काठमाडौ । नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंकमा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् ।

सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मुखमा चुनौतीको सामना गर्न निलम अघि सरेकी छन् । उनले अब गर्भनरका हैसियतले गर्ने प्राय सबै अधिकार प्रयोग गर्न पाउने छन् ।

गभर्नर महाप्रसाद अधिकारी संक्रमित भएका कारण उनले यो अवसर पाएकी हुन् । यद्धपी गर्भनर मुलुकमै रहँदा सम्म जुनसुकै अवस्थामा पनि कायममुकायम दिने प्रचलन थिएन ।

निलमलाई भने गर्भनर नेपालमै भएको अवस्थामा पनि यो अवसर दिएको छ । असोज ५ गतेको परीक्षणमा पोजिटिभ देखिएपछि अधिकारी आराम गरेर बसेका छन् । अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मको लागि तिम्सिनालाई कायममुकायम दिइएको उल्लेख छ ।

बैंकमा अहिलेसम्म कुनै पनि गभर्नर मुलुकभित्र रहँदा डेपुटीलाई कायममुकायम दिएको इतिहास छैन । तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो । प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायममुकायम दिने गर्थे ।

यसअघि तत्कालीन गभर्नर युवराज खतिवडाले आफ्नी आमाको निधनपछि १३ दिनसम्म झापामा धार्मिक परम्पराबमोजिम किरिया बस्दा पनि अधिकार दिएका थिएनन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ ।

जसमा गभर्नरले बैंकको काम सुचारुरुपले सञ्चालन गर्न ऐनबमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ भनेर लेखिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 253
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    253
    Shares

प्रतिक्रिया दिनुहोस !