एजी शेर्पा:जस्ले ७३ जनालाई नयाँ जीवन दिए, भगवानको रुप लिएर आएका एजीलाई भव्य सम्मान (भिडियो )

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी शेर्पाले । सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । उक्त विमान एजी शेर्पाले नै चलाएका थिए ।

जहाज विराटनगरतिर उड्दा सामान्य नै भएपनि विराटनगर पुगेपछि समस्या देखियो । अवतरण गर्न सकेन । जहाजमा वयस्क ६८, बच्चा २, अपांग ३ जना गरि ७३ जना यात्रु रहेका थिए ।

विराटनगरमा जहाज अवतरण नहुँदासम्म यात्रुहरु सामान्य नै मानिरहेका थिए ।तर, जब विराटनगरबाट जहाज काठमाडौं फर्केर अवतरण नभई चक्कर लगाउन थाल्यो । यात्रुहरु ‘अब नबाँचिने रहेछ, मरियो’ भनेर जीवन माया मारेका थिए ।

जहाजका एयर होस्टेसहरु रोइरहेका थिए । तैपनि उनीहरु यात्रुहरुरुलाई सान्त्वना दिइरहेका थिए । पाइलट एजी शेर्पा भने विचलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रयत्न गरिरहेका थिए ।

तैपनि ल्याण्डिङ गियर धावनमार्गमा झर्न सकेको थिएन । यहीँकारण जहाज गन्तव्य स्थलमा पुगेर फेरि काठमाडौं फर्किएको थियो । काठमाडौं फर्किएको जहाजलाई पानीमाथि फम राखेर अवतरण गर्न खोजिएको थियो । धावनमार्गमा नेपाली सेना, एम्बुलेन्स तयारी अवस्थामा थिए । पाइलट एजी शेर्पा भने जसरी हुन्छ जहाजलाई अझैँ सुरक्षित रुपमा ल्याण्डिङ गर्न प्रयत्न गरिरहेका थिए ।

अन्ततः उनको त्यो प्रयास सफल भयो । भगवान दाहिने हात भइदियो । जहाज सकुशल रुपमा अवतरण गर्यो । यो अवधिभर जहाजमा केही यात्रु बेहोस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृत्युको मुखबाट बचाएर नयाँ जीवन दिए ।

यो पनि – काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ। दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज सकुशल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएकाे छ।

जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो। ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मा’रिरह्यो ।

विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ ।

जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।

जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन नाइन एन-एएनआई, उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा ७२ यात्रु सवार थिए। विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ। भिडियो

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 546
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    546
    Shares

प्रतिक्रिया दिनुहोस !