श्रीमानको दुर्घटनामा मृत्यु भएपछि १८ महिने नानी सहित भारतमा विचल्लीमा शोभा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

परिवारसहित भारतमा बस्दै आएकी एक महिला श्रीमानको मृत्युपछि १८ महिने शिशु सहित विचल्लीमा परेकी छिन् । डोटी घर भई हाल भारतमा मजदुरी गरी दैनिक जीवनयापन गर्दै आएका उनीहरु श्रीमानको मृत्युपछि विचल्लीमा परेका हुन् ।

डोटि जिल्ला स्थायी घर भई लामो समयदेखि भारतको महाराष्ट्र पुनामा रोजगारी गरी परिवार पाल्दै आएका श्रीमानको काम गरेर फर्किने क्रममा स्कुटी दुर्घटनामा परेर ज्यान गुमाएपछि शोभा गिरी र उनका १८ महिने शिशुको विचल्ली भएको हो ।

शोभाको अन्य कोही आफन्त पुनामा नभएपछि उनका श्रीमानको भारतमै अन्तेष्टी गरिएको थियो । अहिले १८ महिने नानीलाई बोकेर एउटा घरमा काम गरी जिविकोपार्जन गरिरहेको बताईएको छ ।

घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले उनलाई उद्धारको खाँचो रहेको हिमाल नेपालीले जानकारी दिनुभयो । उनीहरुको पालनपोषण गर्दै आएका श्रीमानको नै मृत्यु भएपछि यतिबेला शोभा बेसहारा बनेकी छिन् नेपालीले भने १८ महिने शिशुलाई काखमा च्याँपेर घरेलु काम गर्नुपर्ने स्थिति छ ।

विभिन्न सहयोगीहरुले सहयोग गरेमा उनलाई भारतबाट उद्धार गर्न सकिने उनले बताए । शोभाले ३ वर्ष अगाडी मात्रै विहे गरेकी थिईन् । एक सन्तानको समेत जन्म भएर खुसीयाली साथ जीवन बिताईरहेका परिवारमा एक्कासी बज्रपात परेको छ ।

बिहेपश्चात उनीहरु ईण्डीयाको महाराष्ट्रको पुनामा गएका थिए । उनका श्रीमानले सामान्य रेष्टुरेण्टमा काम गर्दै आएका थिए । शोभाले सबैले सहयोग गरेर आफ्नो उद्धार गर्न आग्रह गरेकी छिन् । सहयोग गर्न चाहाने व्यक्तिले ९८६७७४८९७१ मा सम्पर्क गर्न पनि सकिनेछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 127
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    127
    Shares

प्रतिक्रिया दिनुहोस !