माओवादीबाट मन्त्री बन्नेहरुको अन्तिम लिष्ट यस्तो छ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेको अन्तिम लिष्ट बाहिरिएको छ । माओवादी केन्द्रले मन्त्री बन्नका लागि मापदण्ड बनाएपछि अन्तिम नाम सार्वजनिक भएको हो ।

माओवादी केन्द्रले यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने, सबै समुदाय र भूगोलको प्रतिनिधित्व हुनेगरी सरकारमा पठाउने भएको हो । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी छ ।

एक नेताका अनुसार सरकारमा सहभागी हुने मन्त्रीमा यसअघि मन्त्री नभएका सांसदले अवसर पाउने भएका छन् । माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलको नेतृत्वमा सरकारमा जाने छ । त्यस्तै माओवादीबाट शशी श्रेष्ठ, सुदन किराती, महेश्वर गहतराज ‘अथक’लाई पनि मन्त्री बनाउने माओवादीको तयारी छ ।

यसअघि मन्त्री भइसकेका नेताबाट सरकारमा गएमा स्थायी समिति सदस्य हरिबोल गजुरेल, मातृका यादव र देव गुरुङले पनि दावि त छोडेका छैनन् । तर पनि मापदण्डामा नपरेकाले मनाउन सकिने प्रचण्डको विश्वास छ । राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भइसकोको छ अब तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी छ ।

सरकारले एमाले विभाजनका लागि ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेसँगै आज या भोली सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

सरकारमा जान सबै भन्दा हतार भएको एमाले विभाजन गरेर बनेको नेकपा एसले मन्त्रीहरुको नामावली नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले गोजीमा बोकेर हिँडेका छन् भने सत्ताघटक अर्को दल माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम मोटामोटी फाइनल गरेको छ ।

पार्टीका ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ त्यसकारण म ठूलो तनावमा छु भनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई सो पार्टीको स्थायी कमिटी बैठकले मन्त्री छान्ने एकल अधिकार दिए पछि नाम फाइनल गरेको स्रोतको दावी छ ।

नेकपा माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 176
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    176
    Shares

प्रतिक्रिया दिनुहोस !