CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ ।टेलिफोनमा मन्त्रीपरिषद् विस्तार, मन्त्रालय भागवडा लगायतका विषयमा छलफल भएको बालुवाटार श्रोतको भनाई छ ।
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता गर्न पठाएको सिफारिस प्रमाणित भएपछि देउवाले प्रचण्डलाई टेलिफोट गरेका थिए । अध्यादेश फिर्ता भएको प्रमाणित भएपछि प्रचण्डले देउवालाई बधाई दिएको श्रोतको भनाई छ ।
‘दुई वटा पार्टी फुटाउन सफल हुनुभयो । तराईमा राम्रो जनाधार भएको र पहाडमा राम्रो जनाधार भएको पार्टी फुटेपछि तपाईलाई पनि हाइसन्चो भयो होला ?’ ठट्यौली पाराको प्रचण्डको भनाई उदृढ गर्दैै श्रोतले भन्या, ‘तपाईँलाई बधाई छ । देश अग्रगमनको दिशातीर अगाडि बढ्यो ।’
जवाफमा देउवाले ‘तपाईँलाई पनि बधाई छ’ भनेका थिए । देउवाले छिटो मन्त्रीको नाम दिनलाई दवाव दिन फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।‘भोली मन्त्रीपरिषद् विस्तार गर्नपर्छ छिटो नाम दिनुहोस् ।’ देउवाले भने, ‘तपाईँले अब कुन मन्त्रालय राख्ने हो ? त्यही अनुसार नाम पठाउनुहोला ।’
प्रचण्डले भोली होइन् पर्सि अर्थात बुधबार मन्त्रीपरिषद् विस्तार गर्न सल्लाह दिएका थिए । ‘भोली मन्त्रालय बाँडफाँड गरौँ, त्यसपछि हामीलाई मन्त्री छान्न पनि सजिलो हुन्छ ।’ प्रचण्डले भने, ‘पर्सि विस्तार गरौँला ।’
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी गठबन्धनमा सहभागी छन् । उनीहरुको भागमा एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय परेका छन् भने कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय भागमा परेको छ । नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ४ जना र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनिसकेका छन् ।
माओवादीबाट जनार्धन सर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जा मन्त्री बनिसकेका छन् भने कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।