ओलीलाई ठुलो झट्का: एमालेबाट विजयी १५०५ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो ।संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो ।

दुवै दलले भदौ ९ गते नै दल दर्ताको प्रमाणपत्र पाएसँगै निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने सूचना जारी गरेको थियो । स्थानीय तहका जनप्रतिनिधिका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्ने व्यवस्था गरिएको थियो । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले आयोगको अन्तिम म्यादसम्म उक्त सङ्ख्यामा स्थानीय जनप्रतिनिधिले नयाँ दल रोजेको जानकारी दिनुभयो ।

यो पनि – प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ ।टेलिफोनमा मन्त्रीपरिषद् विस्तार, मन्त्रालय भागवडा लगायतका विषयमा छलफल भएको बालुवाटार श्रोतको भनाई छ ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता गर्न पठाएको सिफारिस प्रमाणित भएपछि देउवाले प्रचण्डलाई टेलिफोट गरेका थिए । अध्यादेश फिर्ता भएको प्रमाणित भएपछि प्रचण्डले देउवालाई बधाई दिएको श्रोतको भनाई छ ।

‘दुई वटा पार्टी फुटाउन सफल हुनुभयो । तराईमा राम्रो जनाधार भएको र पहाडमा राम्रो जनाधार भएको पार्टी फुटेपछि तपाईलाई पनि हाइसन्चो भयो होला ?’ ठट्यौली पाराको प्रचण्डको भनाई उदृढ गर्दैै श्रोतले भन्या, ‘तपाईँलाई बधाई छ । देश अग्रगमनको दिशातीर अगाडि बढ्यो ।’

जवाफमा देउवाले ‘तपाईँलाई पनि बधाई छ’ भनेका थिए । देउवाले छिटो मन्त्रीको नाम दिनलाई दवाव दिन फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।‘भोली मन्त्रीपरिषद् विस्तार गर्नपर्छ छिटो नाम दिनुहोस् ।’ देउवाले भने, ‘तपाईँले अब कुन मन्त्रालय राख्ने हो ? त्यही अनुसार नाम पठाउनुहोला ।’

प्रचण्डले भोली होइन् पर्सि अर्थात बुधबार मन्त्रीपरिषद् विस्तार गर्न सल्लाह दिएका थिए । ‘भोली मन्त्रालय बाँडफाँड गरौँ, त्यसपछि हामीलाई मन्त्री छान्न पनि सजिलो हुन्छ ।’ प्रचण्डले भने, ‘पर्सि विस्तार गरौँला ।’

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी गठबन्धनमा सहभागी छन् । उनीहरुको भागमा एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय परेका छन् भने कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय भागमा परेको छ । नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ४ जना र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनिसकेका छन् ।

माओवादीबाट जनार्धन सर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जा मन्त्री बनिसकेका छन् भने कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 3.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.8K
    Shares

प्रतिक्रिया दिनुहोस !