एकीकृत समाजवादीमा रामकुमारी झाक्री र बिरोध खतिवडा बीच आन्तरिक विवाद सुरु !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा कसको नेतृत्वमा सरकारमा सहभागी हुन्ने भन्ने विषयलाई लिएर विवाद सुरु भएको छ । सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा जाने कि पोलिटब्युरो सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नेकपा एसमा आन्तरिक विवाद सुरु भएको हो ।

पार्टीमा झाँक्री उच्च बरियतामा सिनियर भएकाले उनको नेतृत्वमा सरकारमा जानु पर्ने एक पक्षको भनाइ रहेको छ भने अर्को पक्षले लामो समयदेखि सांसद र उमेरले पनि परिपक्क भएकाले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने जोड दिन थालेका छन् । भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएको हो । उक्त दल नेकपा एमालेबाट विभाजन भएर बनेको हो ।

नयाँ दल बनेको एक महिनामा नै कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने बारेमा विवाद हुनु राम्रो नभएको नेकपा एसका एक केन्द्रीय सदस्यले जनताटाइम्सलाई बताए । कम्युनिस्टमा पार्टीको नेतृत्वलाई सिनियर मान्ने भएकाले पदका हिसाबमा पनि झाँक्री सचिव भएकाले उहाँले नै नेतृत्व गर्दा सकारात्मक सन्देश जाने एकथरीले चर्चा गर्न थालेका छन् ।

अर्को थरीले संसदीय अभ्यासमा खतिवडा पोख्त भएकाले उहाँको नेतृत्वमा जादा परिपक्वता देखिने तर्क गर्न थालेका छन् । पाँच दलको सहभागीतामा सरकार बनेको ८० दिन पुगन लाग्दा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन ।

अध्यक्ष नेपाल खतिवडाको नेतृत्वमा सरकारमा पठाएर पदाधिकारीलाई हैसियत देखाउने सोचमा हुनुहुनछ । तर पदाधिकारीलाई अपमान गर्न नपाइने भन्दै महासचिव बेदुराम भुसाल नै आपत्ति जनाइरहनुभएको ती नेताले बताए ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् । सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 181
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    181
    Shares

प्रतिक्रिया दिनुहोस !