बिरामी अनिता खड्का र विनोद खड्का आफ्नै गाउँ फर्किदै,के अनितालाई निको भएकै हो?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कमल सरगम-काठमान्डौ।।बिरामी अनिता खड्कालाई अब गाउँ लिएर जाने भएका छन।लामो समयदेखि अस्पतालमा उपचार गरिरहेकी अनिताको अबस्था कस्तो छ भनेर धेरै दर्शकले बुझ्न खोजेका हुन्छन तर उनलाई कस्तो छ भन्ने जानकारी पक्कै दर्शकलाई दिईएकै छन अनिताको परिवारले। अनिताको अवस्था केहि हद सम्म बदलिएको छ।

उनि बोल्न न सक्ने अबस्थामा रहेकी भए पनि अहिले पाइपको सायाताले केहि बोल्ने भएकी छिन भने शरीरका केहि भाग चल्न थालेको छ।उनि आफै उभिएर हिड्न न सकेपनि कसैको सायाताले उनि हिड्न सक्ने भएकी छिन।अब अनिता आफ्नै गाउँ जाने भएपछि धेरैको चासो छ के अनिता पूर्ण रुपमा निको भएर जान लागेकी हुन् ?

उनि निको भएर जान भने पक्कै लागेकी हैनन्,केहि बर्ष देखि दशैं तिहार नमानेको यो परिवारले यो पटक भने घरमै गएर दशैँ मान्ने योजना बनाएको छ सोहि कारण यी पटक अनिता खड्का र बिनोद खड्का गुल्मी घर जाने भएका छन।दशैँ मानेर ठुलो अप्रेसन गर्न उनि राजधानी फर्किने समेत उनको परिवारले बताएको छ।

लामो समय देखि अस्पतालमा उपचार गरिरहेकी अनिता खड्का र बिनोद खड्काले अभिनय गरेको आफ्नै दशैं गीत बजारमा आएको छोटो समयमै निकै चर्चामा आएको छ।बिनोद खड्का र अनिता खड्काको आफ्नै जीवन कथामा बनेको गीत निकै भाबुक बनाउने शैलीको रहेको छ।दशैं अस्पतालमै बितेको २ बर्ष बितेछ अनिता र बिनोदको।

गत बर्ष देखि अस्पतालमै उपचार गराइरहेको अनिता र बिनोदको एक वास्तविक कथामा जोडिएको दशैं गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार,बिक्रम परियार र नारायण विपी परियारको सुमधुर आवाज रहेको छ भने गीतमा लय श्रीकृष्ण अर्यालको रहेको छ।राजु महोताराको मन छुने शब्द रहेको गीतमा अनिता र बिनोद यसपाली दशैंमा आफ्नै घर फर्कने संदेश दिएको छ।

अस्पतालमा अझै अनिता बिरामीनै रहेकी छिन।उनको उपचारको लागी बिनोदकि दिदि राधा खड्का बर्षौ देखि संगै रहेकी छिन भने बिनोद खड्का पनि संगै बस्दै आएका छन।अनिता खड्का र बिनोद खड्काको अभिनय रहेको गीतमा छोरीले पनि खेलेकी छिन भने राधाको पनि केहि भूमिका रहेको छ।

हिन्दु नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपवालिलाई शुभकामना दिदै यो गीत बजारमा ल्याइएको हो।गीत अनिताको युटुब च्यानल अनिता खड्का मार्फत आएको छ भने गीतमा बिकाश ज्ञवालीको सम्पादन रहेको छ।

राजु महोताराको निर्देशन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ ।बिनोद को आमा र बाबा समेत भिडियोमा देखिएका छन भने उनका स परिवार उक्त गीतमा कथा पात्राको रुपमा जोडिएका छन।गीतको टिमलाई शुभकामना सहित पुरा भिडियो हेरौ :

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

प्रतिक्रिया दिनुहोस !