भीम रावलकै अगाडि लेखराज भट्टले भने- एमालेको सुदूरपश्चिम इन्चार्ज म नै हो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। यतिबेला नेकपा एमालेमा विविध किसिमका आन्तरिक उल्झन पैदा भएका छन् । यसबिच सुदुरपश्चिम पार्टी इन्चार्जको बिषयमा समेत एमालेमा आन्तरिक विवाद देखिन्छ ।

मंगलबार एमाले उपाध्यक्ष भीम रावल नेतृत्वमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको बैठकपछि लेखराज भट्टले सुदुरपश्चिमको इन्चार्ज आफु भएको बताएका छन् ।

मंगलबार थापाथली हाइटस्थित एमाले केन्द्रीय कार्यालयमा १० बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनमा केन्द्रित रहेर छलफलपछि उनले यस्तो बताएका हुन् ।’विवाद देखिएका ठाउँमा कुरो मिलाउने सहमति भएको छ, बाहिर आए जस्तो सुदूरपश्चिममा कुनै विवाद छैन।

त्यहाँको इन्चार्ज अहिले पनि म नै हो।’ कार्यदल संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद छ।  संयोजक रावलले उक्त विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरेका छन्।

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल,  स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्।

यो पनि – जनकपुरधाम । आफ्नो श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न प्रदेश २ की सांसद प्रमिला यादवले यातायात कार्यालय लहानलाई निवेदन लेखेको खुलासा भएको छ ।

सप्तरीको राजविराज नगरपालिका-२ घर भएकी यादव माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । उनले श्रीमानलाई आफ्नो स्वकीय सचिव बनाएकी छन् । श्रीमान् अशोक यादव चढ्ने स. ३ प. ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सम्मको कर छुट गरिदिन प्रमिलाले यातायातमा निवेदन लेखेकी थिइन् ।

निवेदन लिएर १५ दिनअघि अशोक यातायात कार्यालय पुगेका थिए । अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी हुन् ।

तर, यातायातका प्रमुख मीन भट्टराईले कर छुटका लागि मन्त्रीस्तरकै निर्णय हुनुपर्ने भनेर पन्छाएकाे स्रोतले बतायो । ‘कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्छ,’ भट्टराईले भने, ‘मैले पनि उहाँलाई यो कुरा भनेर पठाएँ ।’ त्यसदिन अशाेक इन्स्योरेन्स नविकरण मात्र गराएर फर्केका थिए ।

कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले बताए । कर मिनाहा नपाएपछि प्रदेश सांसदले थप जोडबल भने गरिनन् । १५ दिनपछि उनका श्रीमान् फेरि यातायात कार्यालय पुगेर कर चुक्ता गरेर फर्केको बुझिएको छ ।

सांसद यादवले भने मोटरसाइकलको कर छुट गरिदिन आफूले पत्र नलेखेको दावी गरेकी छन् । उनले भनिन्, ‘३/४ हजार रूपैयाँका लागि यस्तो घटिया काम किन गर्छु ? मेरो श्रीमान्‌ले आफैं करवापतको रकम तिर्नुभएको छ ।’

‘१५ दिन अगाडी श्रीमान् मोटरसाइकलको कर र इन्स्योरेन्स गराउन लहान यातायात कार्यालय पुग्नुभएको थियो,’ उनले भनिन्, ‘त्यो दिन इन्स्योरेन्स गराउनुभयो । कर पनि तिरिसक्नुभएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 274
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    274
    Shares

प्रतिक्रिया दिनुहोस !