नेपालका ८० प्रतिशत नेता जेल जान सक्ने यस्तो छ सम्भावना !!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानो एउटा काम गरे ८० प्रतिशत नेताहरु जेल जाने ठोकुवा गरेका छन् । नेताहरु गैरजिम्मेवार र भ्रष्ट भएको भन्दै राज्यका संयन्त्रहरुले राम्रोसँग काम गरेको खण्डमा ८० प्रतिशत नेता जेलमा हुने उनको भनाई छ र ‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्, धर्म बेच्नेहरु पूज्य भएका छन् ।

भण्डारीले पछिल्लो ३० वर्षमा सिमित मान्छेमात्रै धनी भएको उल्लेख गर्दै भने, ‘यदि साँच्चै २०४६ सालदेखि अहिलेसम्मका नेताहरुको सम्पत्ति छानबिन गर्ने हो भने ८० प्रतिशत नेता जेल जाने अवस्था छ ।’

राजनीतिमा नैतिकता रित्तिएकोप्रति चिन्तित भण्डारीले उन्नत लोकतान्त्रिक मुलुकमा भ्रष्टाचारको आरोप लागेपछि पद छाड्ने तर हाम्रोमा भने भ्रष्टहरुलाई खोजेर नेतृत्वमा पुर्याउने उल्टो चलन हाबी हुँदै गएको बताएका छन् ।

‘यहाँ सँस्कृतिको हत्यामा लाग्नेहरु नेता भएका छन्,धर्म बेच्नेहरु पूज्य भएका छन् । यसको अन्त्य नगरी देशले विकासको पाइला चाल्न सक्दैन,’भण्डारीको निश्कर्ष हो यो ।आठ दशक पाका नेताहरुले पुनः नेतृत्वमा दाबी गरेपछि नेपाली काँग्रेसको युवा पंक्ति आसन्न १४औँ महाधिवेशनमा तिनै बूढा नेतालाई मार्गप्रशस्त गरिदिने मुडमा पुगेका छन् ।

काँग्रेसमा वैचारिक नेताको छवि बनाएका युवानेता चन्द्र भण्डारीले ‘१४ औँ महाधिवेशन संयुक्त, १५औँ महाधिवेशनमा नेतृत्व’ भन्ने नारासहित आफू अघि बढेको बताए ।नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन ।

नेकपा एमालेमा दोस्रो तहका नेताहरुले नेतृत्वसँग प्रतिस्पर्धा गर्दा हार व्यहोर्नु परेको भन्दै उनले काँग्रेसमा पनि अहिले त्यस्तै अवस्था रहेको उल्लेख गरेका छन् । त्यहि कारण यसपटक नेतृत्वको दौडबाट युवा पुस्ता पछि हड्न बाध्य भएको भण्डारीको भनाइ छ ।

पछिल्लो समय राजनीतिमा नीति,सिद्धान्त र विचार पातलिँदै गएकाले आसन्न महाधिवेशनपछि देशव्यापी वैचारिक अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको उनले बताए ।जबसम्म देश बनाउने आमदृष्टिकोण बन्दैन,तबसम्म परिवर्तन जनताको तहमा पुग्न नसक्ने नेता भण्डारीको निश्कर्ष छ । त्यसका लागि वैचारिक रुपले प्रतिबद्ध युवा पार्टी नेतृत्वमा पुग्नै पर्ने उनको निचोड छ ।

यो पनि – काठमाडौं – काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्डिङ गर्न नसकेपछि काठमाडौँ फर्कियो । उक्त जहाजका पाइलट थिए आङगेलु शेर्पा ।

आफूसहित ७७ जना यात्रुको ज्यान बचाउँदै सकुसल ल्याण्ड गरेका सेर्पामाथि बुद्ध एयरले प्रतिबन्ध लगाएर अपमान गरेको छ । एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको बुद्ध एयरले जनाएको छ । तर उक्त जहाज अहिले नियमित उडानमा छ । बुद्ध एयरका अधिकारीहरुका अनुसार कम्पनी र प्राधिकरणका इन्जिनियरले गरेको अध्ययनपछि जहाज रिलिज भएको हो ।

असामान्य परिस्थिति आएका कारण चालक दलमा पर्न सक्ने मानसिक चापलाई ध्यानमा राखी नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा हेर्ने विभागले चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।

चालकसहित अन्य सदस्यले प्राधिकरणको सामान्य प्रशिक्षण समेत लिनुपर्नेछ । जहाँ उनीहरुलाई ‘रिफ्रेस’ गराइन्छ । प्राधिकरणका अनुसार ‘इन्सिडेन्ट (दुर्घटना नभएको अवस्था)मा चालक र उनको टीममा पर्न सक्ने मानसिक चाप कम गर्न केही समय ग्राउण्डेड गर्ने प्रचलन रहेको छ ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार अब प्राधिकरणले बुद्ध र प्राधिकरणकै टीमले दिने प्रतिवेदन अध्ययन गरेर उनीहरुको लाइसेन्स फुकुवा गर्नेछ । यो काम एक÷दुई दिनमै हुने उनले बताए । गत सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाजमा पांग्रा खुलेको जनाउन दिने इन्डिकेटरले काम नगरेको भन्दै जहाज काठमाडौं फिर्ता भएको थियो ।

पछि पांग्रा खुलेको देखिएपछि जहाजलाई काठमाडौं सुरक्षित अवतरण गराइएको थियो । यो समस्यापछि जहाजमा कुनै समस्या नरहेको भन्दै प्राधिकरणले जहाज रिलिज गरेको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares

प्रतिक्रिया दिनुहोस !