माओवादीका कमान्डर नै नेकपा एमालेमा प्रबेश, प्रचण्डलाई ठुलो धक्का !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा माओवादी केन्द्रको बलियो खम्बा ढलेको छ ।

पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर चित्रबहादुर राना नेकपा एमालेमा प्रबेश गरेपछि माओवादीको बलियो खम्बा ढलेको हो । नेपाल कराँते महासंघका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेको माओवादी नेता रानाले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (१) का सांसद गुलावजंग शाहले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे युद्धमा जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रूपमा रहेका उनी एकीकृत नेकपा माओवादी बागचौर नगर कमिटीका सदस्य थिए । राना बागचौर–१० पिपलनेटा निवासी हुन् ।

आफू पूर्वजनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगर कमिटीमा रहेर नेकपा माओवादीमा लामो समय सेवा गरेको सम्झँदै उनले आफू खेल जगतको व्यक्ति भएको र आफ्नो सम्पूर्ण गुरु तथा खेल क्षेत्रका साथीहरू एमालेमा रहेकाले आफू पनि सँगै रहन पार्टी प्रवेश गरेको बताए ।

उनले भने, ‘मं जनमुक्ति सेना र बागचौर नगर कमिटीमा रहँदा सबै माओवादी साथीहरूसँग मित्रवत व्यवहार गरेको छु । कुनै साथीप्रति मेरो रिसइबी र आग्रह–पूर्वाग्रह भएर माओवादी पार्टी छाडेको होइन ।’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्महत्या गर्न मन लागेको बताएका छन् । ५ पुसको घटनालाई सम्झिदै उनले आफूलाई आत्महत्या गरौँ जस्तो भएको बताए । संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् ।

यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ । अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।

भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’

यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’

माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको उनले बताए । तर सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भने, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’

२०५२ फागुनमा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले सुनाए । त्यसबेला दुई जना वैकल्पिकसहित १७ जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले भने, ‘हामीमध्ये धेरैजसो मर्छौं भन्ने थियो र फोटो खिचिएको थियो । होलटाइमर ६०÷६५ जना थिए, उनीहरुमध्ये पनि धेरैजसो भाग्छन् होला जस्तो भनिएको थियो ।’ तर जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो । र, अझ विशेष रुपमा सच्चिन मैले आफैंबाट शुरुवात गर्नुपर्ने हुन्छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 432
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    432
    Shares

प्रतिक्रिया दिनुहोस !