रामकुमारी झाक्रीले ओलीलाई ‘फटाहा’ भन्दै गरिन् निकै तल्लो स्तरको गाली !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेकी छिन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले ओलीमाथि दुई दुई पटक संसद विघटन गरेर अहिले त्यही संसदमा विरोध गरिरेहको भन्दै आपत्ती जनाएकी हुन् ।

एमसीसीबारे प्रश्नमा उनले, ‘सत्तामा हुदाँ एउटा कुरा गर्ने, बाहिर अर्कै गर्ने, यस्तालाई नंग्याउने कहिले ?’ भन्दै उल्टो प्रश्न गरिन् । ‘यहाँ त यस्ता कृतग्न, नैतिकहिन, तुच्छड, हराम मान्छेहरु छन् कि प्रधानमन्त्रीको कुर्सीबाट झरेकै दिन पार्लियामेन्टमा आएर डुक्रिने ? झाक्रीले ओलीलाई लक्षित गदै आक्रोश पोखिन् । ‘खोप ल्याएर ल्याइद्याछौं, लाउनु, लाजको मर्नु तपाई हामीले भोग्या छैनौ ? १३ लाख वृद्ध वृद्धालाई कोभिसिल्ड लगाएर ? अनि खडक ओली कहाँ लुक्या थे फटाहाहरु ?’

एकीकृत समाजवादीबाट मन्त्री बन्ने चर्चामा रहेकी झाक्रीले आफ्नै पूर्व अध्यक्षमाथि यतिसम्मका शब्दहरु प्रयोग गर्नुले राजनीतिज्ञहरुमा हुने नैतिकतामाथि प्रश्न उठेको छ । एक अर्काविरुद्धको बदलाका रुपमा नेताहरुले नै यसरी सार्वजनिक रुपमा गालीगलौजमा उत्रिनु कदापी मान्य छैन ।

यो पनि – काठमाडौं । नेकपा एकीकृत समाजवादीमा कसको नेतृत्वमा सरकारमा सहभागी हुन्ने भन्ने विषयलाई लिएर विवाद सुरु भएको छ । सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा जाने कि पोलिटब्युरो सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नेकपा एसमा आन्तरिक विवाद सुरु भएको हो ।

पार्टीमा झाँक्री उच्च बरियतामा सिनियर भएकाले उनको नेतृत्वमा सरकारमा जानु पर्ने एक पक्षको भनाइ रहेको छ भने अर्को पक्षले लामो समयदेखि सांसद र उमेरले पनि परिपक्क भएकाले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने जोड दिन थालेका छन् । भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएको हो । उक्त दल नेकपा एमालेबाट विभाजन भएर बनेको हो ।

नयाँ दल बनेको एक महिनामा नै कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने बारेमा विवाद हुनु राम्रो नभएको नेकपा एसका एक केन्द्रीय सदस्यले जनताटाइम्सलाई बताए । कम्युनिस्टमा पार्टीको नेतृत्वलाई सिनियर मान्ने भएकाले पदका हिसाबमा पनि झाँक्री सचिव भएकाले उहाँले नै नेतृत्व गर्दा सकारात्मक सन्देश जाने एकथरीले चर्चा गर्न थालेका छन् ।

अर्को थरीले संसदीय अभ्यासमा खतिवडा पोख्त भएकाले उहाँको नेतृत्वमा जादा परिपक्वता देखिने तर्क गर्न थालेका छन् । पाँच दलको सहभागीतामा सरकार बनेको ८० दिन पुगन लाग्दा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन ।

अध्यक्ष नेपाल खतिवडाको नेतृत्वमा सरकारमा पठाएर पदाधिकारीलाई हैसियत देखाउने सोचमा हुनुहुनछ । तर पदाधिकारीलाई अपमान गर्न नपाइने भन्दै महासचिव बेदुराम भुसाल नै आपत्ति जनाइरहनुभएको ती नेताले बताए ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् । सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.7K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

प्रतिक्रिया दिनुहोस !