माधव नेपाललाई अर्को ठुलो झट्का, नेकपा(एस) त्यागेर उपसचिव नै एमालेमा फर्किन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादी काभ्रेमा पहिरो जाने क्रम जारी रहेको छ । पार्टी जिल्लाको घोषणा भएको केही महिनामा नै अधिकांश नेताहरू पुन एमालेमा नै फर्कन थालेपछि समाजवादी पार्टीको वास्तविक अवस्था उजागर भएको छ ।

तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको बिज्ञप्ति निकालेका थिए ।

त्यस्तै कतिपय माधव पक्षका नेता पार्टी फुटको विपक्षमा उभिएर आफुहरु एमाले मै रहेको घोषणा गरेका थिए । काभ्रेमा एमाले कमजोर भएको र आफू बलियो भएको भन्दै प्रचारवाजी गर्दै आएको नेकपा एस काभ्रेको खम्बाको रूपमा चिनिएका नेताहरू पुन पार्टीको मुलधार मै फर्कने क्रम सुरु भएको छ ।

नेकपा एस काभ्रे जिल्ला कमिटी उपसचिव भक्त कुमारी लामा पुन एमाले मै फर्किए पछि टोकबहादुर टिममा भुकम्प गएको छ । भक्त कुमारी लामा अनेरास्ववियु केन्द्रिय सचिव सम्म बनेर पार्टी काममा फर्किएकी उनी एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयरको उम्मेदवार समेत बनेकी थिइन ।

हाल लामा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेकी छिन । त्यस्तै समाजवादीका अन्य नेताको पनि एमाले नेतृत्व सङ्ग बारम्बार सम्बादमा रहेको र चाडै सहमति हुनसक्ने सम्भावना रहेको समाजवादीका एक नेताले बताए ।

यो पनि – काठमाडौं । नेकपा एमालेको पहिला विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरी स्थित सनराइज हलमा महाधिवेशन हुनेछ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने एमालेले जनाएको छ ।

माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

विधान महाधिवेशनमा एमालेका पूर्वप्रमुखहरु कोही पनि नरहने भएका छन् । पूर्वपार्टी प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । एमालेका संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपाल–खनालकै पार्टीमा छन् । २०५४ सालमै एमाले छाडेका सीपी मैनाली नेकपा मालेका महासचिव छन् ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् । उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ । विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशन २०७१ सालमा भएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

प्रतिक्रिया दिनुहोस !