माधव कुमार नेपालले रामकुमारी माथि ११ बर्ष अघिको घटनामा बदला लिँदै!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र सरकारको नेतृत्वलाई लिएर चरम बिवाद रहेको तथ्य छताछुल्ल भएको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यको मातहतमा पदाधिकारीलाई राखेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने निर्णय गरेपछि सो पार्टीभित्र बिवाद चुलिएको हो ।

अध्यक्ष नेपालले कुनैपनि कमिटीमा छलफल नै नगरी केन्द्रीय सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने र पदाधिकारी खतिवडाको मातहतमा रहेर मन्त्री खानुपर्ने निर्णय सुनाएपछि युवा नेताहरु दुई ध्रुवमा बिभाजित भएका हुन ।

नेकपा एस निकट एक नेताका अनुसार माधवले कुनै कमिटीमा छलफल नगरी बिरोध खतिवडाको नेतृत्वमा सरकारमा पठाउने र सो सरकारमा सचिव रामकुमारी झाँक्री मन्त्री बन्नुपर्ने निर्णय सुनाउनु भएको छ ।

माधवको सो निर्णय रामकुमारीमाथि बिगतको बदलाका रुपमा हेरिएको छ । माधवको यो कामलाई ११ बर्षअघिको बदलाको रुपमा लिइएको छ । माधव नेपाल प्रधानमन्त्री हुँदा रामकुमारीले इण्डियन दलालको सरकार भन्ने अभिब्यक्ति दिनुभएको थियो । माधवले सोही कुराको बदला अहिले लिन लागेको बताइएको छ ।

नेकपा एस दर्ता गराउन रामकुमारीको निकै ठूलो भूमिका रहेको छ । उहाँले माधवको हात नै तानेर आयोग पुर्याउनु भएको थियो । तर माधवले बिगतको त्यो इण्डियन दलालको सरकार भनेर आफूमाथि रामकुमारीले भनेको भन्दै बदलाको भाव राखेको सहजै बुझ्न सकिने सोही पार्टीका नेताहरु बताउँछन ।

यसैबीच सचिव झाँक्रीका पति पशुपति पुरीले सामाजिक सञ्जालमै यस बिषयमा मुख खोल्नुभएको छ । सरकारी कर्मचारीसमेत रहनुभएका पुरीले बिधि र पद्धतीको कुरा उठाउँदै नेकपाभित्रको बिवाद निकै जटिल मोडमा पुगेको संकेत गर्नुभएको हो ।

‘संस्था भन्दा ब्यक्ति ठूलो कदापि हुन सक्दैन र हुनु पनि हुँदैन । संस्था ब्यक्तिमा परिणत भएमा केही बाँकी रहन्छ भन्ने लाग्दैन । तसर्थ संस्था सँधै सर्वोपरि रहन्छ, ब्यक्ति गौण हुन्छ,’ पुरीले सामाजिक सञ्जालमै भन्नुभएको छ । नेकपा एसले पदाधिकारीलाई केन्द्रीय सदस्यको मातहत राख्ने काम गर्न थालेको संकेतसहित यो भनाई आएको सहजै बुझ्न सकिन्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 548
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    548
    Shares

प्रतिक्रिया दिनुहोस !