कृष्ण कंडेल र उनको श्रीमती प्रतिमा पहिलोपटक एकै ठाउँमा सम्मानित हुदै !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कार्यक्रम इन्द्रेणीबाट आम नेपाली जनमानसमा छाउन सफल लोकप्रिय कार्यक्रम प्रस्तोता तथा गायक कृष्ण कंडेल र उनकी श्रीमती प्रतिमा कंडेल एकसाथ् सम्मानित हुने भएका छन भने लामो समयदेखि राजनीतिक र मनोरञ्जनसंग नजिक रहेका बरिष्ठ संचारकर्मी ऋषि धमला पनि सम्मानित हुने भएका छन।दशकका संचारकर्मी सम्मानमा ३ व्यक्ति एकै मन्चबाट सम्मानित हुन् लागेको जानकारी आएको हो।

राष्ट्रिय काठे लोक दोहोरी अवार्ड २०७८को बिशेष समारोहमा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री पुष्प कमल दाहालको हातबाट सम्मानित हुन लागेको आयोजक टिमका अध्यक्ष माधब थापाले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो झन्डै २ दर्जन कलाकार तथा पत्रकारहरु एकसाथ सम्मान हुने आयोजक टिमले जानकारी दिएको हो।

लोकप्रिय कार्यक्रम इन्द्रेणी र कृष्ण कंडेल /प्रतिमा कंडेल को हुन्?
बिगत लामो समय देखि पत्रकारिता क्षेत्र र कलाकारिता क्षेत्रबाट आम नेपालीको मन जितेका गायक तथा इन्द्रेणीका संचालक कृष्ण कंडेलको घर सुर्खेत हो।अहिले राजधानीको बानेश्वरमा आफ्नै निवासमा बस्दै आएका छन कंडेल दम्पति।कृष्ण कंडेलकि श्रीमती प्रतिमा कंडेल इन्द्रेणीकि ब्यबस्थापक हुन्। झन्डै २ दशक लामो संगीत र पत्रकारिता यात्रा तय गरिसकेका कंडेल अहिले पनि उस्तै तरिकाले कार्य गर्दै अगाडी बढेका छन।

उनले कार्यक्रमको ब्यबस्थापन गर्ने गर्छिन।द्वन्दकालमा कंडेल सैनिक रेडियो कार्यक्रम चलाउने गर्दथे,त्यो समय देखि संघर्ष गरेका कंडेलले सुरुमा इन्द्रेणीलाइ माउन्टेन टेलिभिजनमा प्रस्तुत गरे पछि उनले एबिसी टेलिभिजन हुदै हाल हिमालयन टेलिभिजन एच डीबाट यो कार्यक्रम प्रशारण हुने गर्दछ। इन्द्रेणी लोक संगीतको जननी जस्तै भएको छ।

इन्द्रेणी टेकेका जो कोहि नेपाली लोक संगीतमा सफल् भएको उदाहरणनै छन जसको कारण नै हो कृष्ण कंडेल र प्रतिमा कंडेल।सोहि कारण पनि इन्द्रेणी र कृष्ण कंडेलको दम्पतिलाइ सम्मान गर्न लागेको अध्यक्ष थापाले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।

को हुन् ऋषि धमला ?
कुनै समय बाटोमा पत्रिका बेच्ने धमला यो बेला नेपालकै प्रतिष्ठित टेलिभिजन प्राइम टाइम्सका संचालक भएका छन।उनि धादिङमा जन्मिएका थिए भने हाल राजधानीको रानीबारी अबस्थित आफ्नै निवासमा बस्दै आएका छन।झन्डै २ दशक यात्रा पार गरिसकेका धमला अहिले पनि उस्तै रुपमा काम गर्दै आएका छन। ऋषि धमलाले सुरुवाती चरणमा रेडियोमा काम गरे।

रेडियो नेपाल हुदै उनले आफ्नै रेडियो सम्म खोल्न भ्याए हाल उनको नेपाली रेडियो नेटवर्क आफ्नै संस्था हो।लामो समय रिपोर्टस क्लाबमा बहस कार्यक्रम चलाएर चर्चामा आएका धमलाले अहिले लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छन टेलिभिजन मार्फत र नेपाली बहस रेडियो मार्फत संचालन गर्दै आएका छन भने धमलाको हमला पनि उनको लोकप्रिय कार्यक्रम हो उक्त कार्यक्रम पनि उनले संचालन गर्दै आएका छन।

उक्त अवार्डको कार्यक्रम भने प्राइम टाइम्स टेलिभिजन मार्फत हुने जानकारी प्राप्त भएको छ।दिउँसो १२ बजे पछि नाचघर जमलमा हुने उक्त कार्यक्रममा कृष्ण कंडेलको दम्पति र ऋषि धमला सम्मानित हुने भएका हुन्।कृष्ण कंडेल ,प्रतिमा कंडेल र ऋषि धमलालाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 544
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    544
    Shares

प्रतिक्रिया दिनुहोस !