एमाले विधान महाधिवेशन: ५३२ माओवादी एमालेमा प्रबेश, प्रचण्डलाई ठुलो धक्का ! (नामावलीसहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

असोज – नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेकपा माओवादी केन्द्रका तर्फबाट ५३२ जना सहभागी भएका छन । देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी हुँदा माओवादीबाट एमालेमा आएका ५३२ जना सहभागी भएका हुन् । प्रतिनिधिहरु केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट चयन भएर आएका हुन् ।

यसरी आएका प्रतिनिधिमध्ये नेकपा माओवादी केन्द्र छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन् । उनीहरुमध्ये रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीसंकर चौधरी, दावा लामा लगायत १९ जना माओवादीका पूर्व केन्द्रीय सदस्य छन भने अरु विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका प्रतिनिधि छन् ।

१९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषद्बाट २१३ जनाले सहभागिता जनाएका छन् । त्यस्तै, पार्टीका विभिन्न विभागबाट ३१० जना र जनसंगठनबाट २२० जना सहभागी भएका छन् भने प्रदेश कमिटीहरूबाट दुई हजार २७१ प्रतिनिधि सहभागी छन् ।

एमालेको उपत्यका विशेष कमिटीबाट प्रतिनिधित्व गर्दै १५८ जना सहभागी हुँदा विभिन्न सम्पर्क समन्वय कमिटीबाट ३६० जनाले सहभागिता जनाएका छन् । यस्तै ७७ जिल्ला कमिटीका पदाधिकारीहरू ३६४ जना प्रतिनिधि हुँदा १६५ निर्वाचन क्षेत्रबाट ४०७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् ।

प्रवास कमिटीबाट १२६ जना सहभागी भएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीले मनोनयन गरेका ५६६ जना प्रतिनिधि सहभागी छन् । ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेश र संघका निर्वाचित ९३४ जनप्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि बनेका छन् ।

विधान महाधिवेशनका लागि यस्तो बन्यो अध्यक्ष मण्डल, उपमहासचिव हटाइयो- काठमाडौं । नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।

अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य एवम् स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । यस्तै एमालेमा पाँच जना उपाध्यक्ष प्रस्ताव गरिएको छ । शुक्रबारबाट सुरु भएको प्रथम विधान महाधिवेशन प्रस्तावमा पाँच जना उपाध्यक्षको प्रस्ताव गरिएको हो ।

उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहेका थिए । साथै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ ।

त्यस्तै १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ । विधान संशोधन प्रस्तावमा उपमहासचिवको व्यवस्था भने गरिएको छैन । अहिले एमालेमा २ जना उपमहासचिव रहेका छन् ।

एमाले विधान महाधिवेशन : झोलाभित्र के छ ?- काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई प्रवेशद्वार नजिकै झोला वितरण गरिरहेको छ । एमालेले दिएको झोलामा पार्टीको प्रस्तावित सांगठनिक, राजनीतिक र विधान मस्यौदा राखिएको छ ।

कापी नदिएको झोलाभित्र एउटा डटपेन राखिएको छ भने झोलाभित्र स्यानिटाइजर, मास्कजस्ता कोभिड सुरक्षा मापदण्ड सम्बन्धी कुनै पनि सामग्री राखिएको छैन । एमालेले कोरोना संक्रमणलाई मध्यनजर गर्दै मास्क, स्यानिटाइजर र थर्मलगनको प्रयोग गर्ने भने पनि थर्मलगन कतै प्रयोग भएको छैन । महाधिवेशन प्रवेशद्वारमा स्याइनिटाइजर र मास्क भने वितरण गरिएको छ । सूर्य चिह्न अंकित कपडाको झोला महाधिवेशन प्रतिनिधिले मात्र पाएका छन् ।

पहिलो पटक शुभकामनाबिनै हुँदै छ एमाले महाधिवेशन – राजनीतिक दलका अधिवेशन र महाधिवेशनमा अन्य दलका नेता तथा शीर्ष नेताले शुभकामना दिने परम्परा तोड्दै एमालेले विधान महाधिवेशन सुरु गरेको छ ।

पार्टीका महाधिवेशनहरूमा विगतमा शुभकामना दिन विभिन्न दलका नेताहरू आमन्त्रण गरिन्थ्यो । तर, एमालेले भने यस पटक कुनै दलका नेताहरूलाई शुभकामना दिन नबोलाएको महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले बताए ।

तामाङका अनुसार महाधिवेशन उद्घाटन सत्रमा दलका अन्य नेतासमेत बोल्ने कार्यक्रम छैन । ‘अध्यक्षज्यू (ओली)ले सम्बोधन गरेपछि सोझै पार्टीका दस्तावेज प्रस्तुतिको क्रम सुरु हुन्छ’, तामाङले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 663
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    663
    Shares

प्रतिक्रिया दिनुहोस !