एमाले झैँ नेपाली काँग्रेस पनि फुट्यो, समानान्तर कमिटी गठन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – अन्तत नेपाली कांग्रेस विभाजित भएको छ । यो हुम्लाको खवर हो । हुम्लामा नेपाली कांग्रेस विभाजन भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पक्षले समानान्तर कमिटी गठन गरेसँगै हुम्लामा कांग्रेस विभाजन भएको हो ।

कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले जानकारी दिइन् । सदरमुकाम सिमकोटमा पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले निर्वाचन क्षेत्र (क) प्रदेशमा फर्जी मतदान भएको दुखेसो गरिन् ।

फर्जी मतदान गरेपछि आफूहरूले समानान्तर कमिटी गठन गरेको सांसद शाहीको भनाइ छ । पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो । फर्जी मतदानको कुनै सुनुवाइ ‍भएन भने गाँउ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्न बाध्य हुने पौडेल समूहको भनाइ छ ।

विधान महाधिवेशनका लागि यस्तो बन्यो अध्यक्ष मण्डल, उपमहासचिव हटाइयो- काठमाडौं । नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।

अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य एवम् स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । यस्तै एमालेमा पाँच जना उपाध्यक्ष प्रस्ताव गरिएको छ । शुक्रबारबाट सुरु भएको प्रथम विधान महाधिवेशन प्रस्तावमा पाँच जना उपाध्यक्षको प्रस्ताव गरिएको हो ।

उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहेका थिए । साथै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ ।

त्यस्तै १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ । विधान संशोधन प्रस्तावमा उपमहासचिवको व्यवस्था भने गरिएको छैन । अहिले एमालेमा २ जना उपमहासचिव रहेका छन् ।

एमाले विधान महाधिवेशन : झोलाभित्र के छ ?- काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई प्रवेशद्वार नजिकै झोला वितरण गरिरहेको छ । एमालेले दिएको झोलामा पार्टीको प्रस्तावित सांगठनिक, राजनीतिक र विधान मस्यौदा राखिएको छ ।

कापी नदिएको झोलाभित्र एउटा डटपेन राखिएको छ भने झोलाभित्र स्यानिटाइजर, मास्कजस्ता कोभिड सुरक्षा मापदण्ड सम्बन्धी कुनै पनि सामग्री राखिएको छैन । एमालेले कोरोना संक्रमणलाई मध्यनजर गर्दै मास्क, स्यानिटाइजर र थर्मलगनको प्रयोग गर्ने भने पनि थर्मलगन कतै प्रयोग भएको छैन । महाधिवेशन प्रवेशद्वारमा स्याइनिटाइजर र मास्क भने वितरण गरिएको छ । सूर्य चिह्न अंकित कपडाको झोला महाधिवेशन प्रतिनिधिले मात्र पाएका छन् ।

पहिलो पटक शुभकामनाबिनै हुँदै छ एमाले महाधिवेशन – राजनीतिक दलका अधिवेशन र महाधिवेशनमा अन्य दलका नेता तथा शीर्ष नेताले शुभकामना दिने परम्परा तोड्दै एमालेले विधान महाधिवेशन सुरु गरेको छ ।

पार्टीका महाधिवेशनहरूमा विगतमा शुभकामना दिन विभिन्न दलका नेताहरू आमन्त्रण गरिन्थ्यो । तर, एमालेले भने यस पटक कुनै दलका नेताहरूलाई शुभकामना दिन नबोलाएको महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले बताए ।

तामाङका अनुसार महाधिवेशन उद्घाटन सत्रमा दलका अन्य नेतासमेत बोल्ने कार्यक्रम छैन । ‘अध्यक्षज्यू (ओली)ले सम्बोधन गरेपछि सोझै पार्टीका दस्तावेज प्रस्तुतिको क्रम सुरु हुन्छ’, तामाङले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 398
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    398
    Shares

प्रतिक्रिया दिनुहोस !