माधव नेपालबारे टिचिङ हस्पिटलबाट आयो नयाँ समाचार, अहिले कस्तो छ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना आज तीन दिन भएको छ । स्वास्थ्यमा समस्या आएपछि त्रि.वि शिक्षण अस्पताल भर्ना भएका नेपालको स्वास्थ्य अवस्था स्थीर छ । उनी अतिकति बोल्न सक्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

बुधवार साँझ अस्पताल भर्ना भएका नेपालको स्वास्थ्यमा अलिकति मात्र सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।

अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए ।

अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

यो पनि, असोज – नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेकपा माओवादी केन्द्रका तर्फबाट ५३२ जना सहभागी भएका छन । देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी हुँदा माओवादीबाट एमालेमा आएका ५३२ जना सहभागी भएका हुन् । प्रतिनिधिहरु केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट चयन भएर आएका हुन् ।

यसरी आएका प्रतिनिधिमध्ये नेकपा माओवादी केन्द्र छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन् । उनीहरुमध्ये रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीसंकर चौधरी, दावा लामा लगायत १९ जना माओवादीका पूर्व केन्द्रीय सदस्य छन भने अरु विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका प्रतिनिधि छन् ।

१९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषद्बाट २१३ जनाले सहभागिता जनाएका छन् । त्यस्तै, पार्टीका विभिन्न विभागबाट ३१० जना र जनसंगठनबाट २२० जना सहभागी भएका छन् भने प्रदेश कमिटीहरूबाट दुई हजार २७१ प्रतिनिधि सहभागी छन् ।

एमालेको उपत्यका विशेष कमिटीबाट प्रतिनिधित्व गर्दै १५८ जना सहभागी हुँदा विभिन्न सम्पर्क समन्वय कमिटीबाट ३६० जनाले सहभागिता जनाएका छन् । यस्तै ७७ जिल्ला कमिटीका पदाधिकारीहरू ३६४ जना प्रतिनिधि हुँदा १६५ निर्वाचन क्षेत्रबाट ४०७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् ।

प्रवास कमिटीबाट १२६ जना सहभागी भएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीले मनोनयन गरेका ५६६ जना प्रतिनिधि सहभागी छन् । ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेश र संघका निर्वाचित ९३४ जनप्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि बनेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    83
    Shares

प्रतिक्रिया दिनुहोस !