अदालतको यो निर्णयले पूर्वगृहमन्त्री ‘बादल’ र पूर्वआईजीपी सर्वेन्द्र जे’ल जान सक्ने !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । प्रहरीले दुई वर्षदेखि दबाएर राखेको कुमार पौडेल ह -त्याको घटना अदालतले ब्युँताइदिएको छ। जसमा तत्कालीन गृहमन्त्रीदेखि प्रहरी प्रमुख समेतलाई सजाय हुन सक्नेछ।

२०७६ असार ५ गते प्रहरीको गो’लीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चको आदेशसँगै दुई वर्ष पहिलेको यो जाहेरी पुनः अगाडि बढाउनु पर्ने बाध्यता प्रहरीलाई आइलागेको छ। अब प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउने निवेदकका कानुन व्यवसायी इन्द्रप्रसाद अर्यालले बताए।

‘अदालतको आदेशसँगै सात दिनभित्रमा जाहेरी दर्ता हुन्छ। जाहेरी दर्ता भइसकेपछि ज्यान मु’द्दामा अनुसन्धान गरेर दोषीलाई मु’द्दा चलाउनु पर्ने हो,’ अर्यालले  भने, ‘त्यहाँसम्म पुग्लान् भन्ने लागेको छैन। अब अनुसन्धानलाई छल्ने उपाय अपनाउन खोज्छन्। हामी निरन्तर फलोअप गरेर दोषीलाई जोगाउन दिँदैनौँ।’

कुमारकी आमा दुर्गादेवी पौडेलले जिल्ला सरकारी वकिल कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा असोज ११ गते सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासले आदेश प्राप्त भएको ७ दिनभित्र जाहेरी दर्ता गर्न आदेश दिइसकेको छ।

जाहेरीमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि जोडिएका छन्। रिटमा उनीहरुलाई विपक्षी नबनाइएको भए पनि उनीहरुको निर्देशनमा पौडेलको हत्या भएको परिवारको दाबी छ। पौडेलको लालबन्दी नगरपालिका १ स्थित लखन्देही जंगल नजिक पर्ने हिरापुरतर्फ जाने कच्ची सडकको बाँसघारी मुनि २०७६ असार ५ गते दिउँसो ह -त्या भएको थियो।

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, जाहेरी लिन प्रहरीले अस्वीकार गरेको थियो।
२०७६ माघ २३ गते जिल्ला सरकारी वकिल कार्यालयमा समेत परिवारले जानकारी गराएको थियो।

घ’ट;नाको हालसम्म सत्य तथ्य अनुसन्धान नभएको र किटानी जाहेरी पेस गरे पनि अनुसन्धानको प्रक्रियाबारे केही जानकारी नदिएको भन्दै पौडेलकी आमा दुर्गादेवीले निवेदन दिएकी थिइन्। वकिल कार्यालयमा निवेदन दिएपछि पनि का’र’बाही अगाडि नबढेपछि दुर्गादेवीले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 534
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    534
    Shares

प्रतिक्रिया दिनुहोस !