प्रचण्डलाई सुर्य थापाको जवाफ ‘रक्तपिपासुले असफलतामा रोज्ने बाटो आत्महत्या बाहेक अर्को हुनैसक्दैन’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले माओवादी अध्यक्ष प्रचण्डमाथि युवाहरुलाई आत्महत्या गर्न सार्वजनिक रुपमा दुरुत्साहन गरेको आरोप लगाएका छन्।

अध्यक्ष प्रचण्डले विहीवार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफूले भगत सिंहका सहयात्री चन्द्रशेखरले जस्तै आत्महत्या गर्न खोजेको भन्दै सबै आत्महत्या गलत नहुने बताएका थिए ।

प्रचण्डले मार्क्सका छोरी ज्वाइँले गरेको आत्महत्या सही थियो भन्दै गरेको भाषणप्रति एमाले प्रचार विभागका उपप्रमुख थापाले आपत्ती जनाएका हुन् । थापाले प्रचण्डको भाषणप्रति टिप्पणी गर्दै त्यसलाई निराशा र कुण्ठाको अभिव्यक्ति भनेका छन् ।

थापाले भने, ‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो । हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्को हुन सक्दैन ।’

यो पनि- काठमाडौं । प्रहरीले दुई वर्षदेखि दबाएर राखेको कुमार पौडेल ह -त्याको घटना अदालतले ब्युँताइदिएको छ। जसमा तत्कालीन गृहमन्त्रीदेखि प्रहरी प्रमुख समेतलाई सजाय हुन सक्नेछ।

२०७६ असार ५ गते प्रहरीको गो’लीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही इन्चार्ज कुमार पौडेलका परिवारको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चको आदेशसँगै दुई वर्ष पहिलेको यो जाहेरी पुनः अगाडि बढाउनु पर्ने बाध्यता प्रहरीलाई आइलागेको छ। अब प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउने निवेदकका कानुन व्यवसायी इन्द्रप्रसाद अर्यालले बताए।

‘अदालतको आदेशसँगै सात दिनभित्रमा जाहेरी दर्ता हुन्छ। जाहेरी दर्ता भइसकेपछि ज्यान मु’द्दामा अनुसन्धान गरेर दोषीलाई मु’द्दा चलाउनु पर्ने हो,’ अर्यालले  भने, ‘त्यहाँसम्म पुग्लान् भन्ने लागेको छैन। अब अनुसन्धानलाई छल्ने उपाय अपनाउन खोज्छन्। हामी निरन्तर फलोअप गरेर दोषीलाई जोगाउन दिँदैनौँ।’

कुमारकी आमा दुर्गादेवी पौडेलले जिल्ला सरकारी वकिल कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा असोज ११ गते सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासले आदेश प्राप्त भएको ७ दिनभित्र जाहेरी दर्ता गर्न आदेश दिइसकेको छ।

जाहेरीमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि जोडिएका छन्। रिटमा उनीहरुलाई विपक्षी नबनाइएको भए पनि उनीहरुको निर्देशनमा पौडेलको हत्या भएको परिवारको दाबी छ। पौडेलको लालबन्दी नगरपालिका १ स्थित लखन्देही जंगल नजिक पर्ने हिरापुरतर्फ जाने कच्ची सडकको बाँसघारी मुनि २०७६ असार ५ गते दिउँसो ह -त्या भएको थियो।

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, जाहेरी लिन प्रहरीले अस्वीकार गरेको थियो।
२०७६ माघ २३ गते जिल्ला सरकारी वकिल कार्यालयमा समेत परिवारले जानकारी गराएको थियो।

घ’ट;नाको हालसम्म सत्य तथ्य अनुसन्धान नभएको र किटानी जाहेरी पेस गरे पनि अनुसन्धानको प्रक्रियाबारे केही जानकारी नदिएको भन्दै पौडेलकी आमा दुर्गादेवीले निवेदन दिएकी थिइन्। वकिल कार्यालयमा निवेदन दिएपछि पनि का’र’बाही अगाडि नबढेपछि दुर्गादेवीले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

प्रतिक्रिया दिनुहोस !